प्रतिनिधिसभाबाट लिम्पियाँधुरा लिपुलेक र कालापानी सहितको नयाँ नक्सा पारित भएको खुसीयालीमा दीप प्रज्वलन (फोटो फिचर )

0

नवलपरासी ३१ जेठ : प्रतिनिधिसभाबाट लिम्पियाँधुरा लिपुलेक र कालापानी सहितको नयाँ नक्सा पारित भएको खुसीयालीमा पश्चिम नवलपरासी सहित देशैभर दीप प्रज्वलन गरिएको छ । प्रदेश पाँचका रुपन्देही कपिलबस्तु र पश्चिम नवलपरासीका बिभिन्न स्थानमा दीप प्रज्वलन गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सम्बद्ध युवा संगठन राष्ट्रिय यूवा संघ नेपालले पश्चिम नवलपरासीका बिभिन्न स्थानमा दीप प्रज्वलन गरी खुसीयाली मनाएको छ । सोही क्रममा बर्दघाट ४ स्थित बर्दघाट बजारको मुख्य चोकमा नेपालको नयाँ नक्सा बनाएर दीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य बृहस्पति , नेकपा जिल्ला कार्यालय सदस्य केहरसि कुँवरलागतयले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल लगायत नेकपाका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल बर्दघाट नगर कमिटिको संयोजनमा भएको नगर र्सयोजक राजेश तिवारीले स्थानीयपत्रलाई जानकारी दिनुुभयो । सो कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपाल नवलपरासीका संयोजक युवराज डुम्रेले गर्नुभएको थियो ।
त्यस्तै हाम्रा संवाददाता भेषनारायण थारुका अनुसार बर्दघाट २ चिसापानी, बासा, सुनवल, परासी, सुस्तालगायत जिल्लाका सातवटै स्थानिय तहका विभिन्न ठाउँमा दिप प्रज्वलन गरिएको छ ।
त्यस्तै नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी थपिएको खुसीयालीमा प्रदेश ५ को राजधानी बुटवलसहित जिल्ला जिल्लाका बिभिन्न स्थानमा शनिबार साँझ दीप प्रज्वलन गरिएको छ । बुटवलको ट्राफिकचोक, तिलोत्तमाको शंकरनगर, सिद्धार्थनगरको भैरहवा र कपिलबस्तुको बाणगंगालगायका स्थानमा दीप प्रज्वलन गरिएको हो ।
िबुटवलको ट्राफिकचोकमा सत्तारूढ दल नेकपाको आह्वानमा भएको कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य दधिराम न्यौपाने (माधव) ले अब कालापानीबाट भारतीय सेनालाई हटाउन भारतसँगै वार्ता गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी ले खुसीयाली साट्न दीप प्रज्ज्वलन गरिएको बताउनुभयो । नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईले अब राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउदै अगाडि बढनुपर्ने बताउनुभयो ।

You might also like