न्युलाईफबाट ८०.४५ प्रतिशत बिद्यार्थी उर्तिण

0

बर्दघाट – न्यू लाइफ मावि बर्दघाट ४ बाट ८०.४५ प्रतिशत बिद्यार्थीले कक्षा ११ उर्तिण गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा ११ को परीक्षाफल न्यु लाइफबाट सहभागी १८४ जना मध्ये १४८ उर्तिण भएको बिद्यालयले जनाएको छ । बिद्यालयले ३.५२ जिपिए सहित उक्त नतिजा ल्याएको बिद्यालयका प्रबन्ध निर्देशक डिबी अधिकारीले जानकारी दिनुभयो । सो नतिजा यसक्षेत्रकै उत्कृष्ट नतिजा रहेको समेत बिद्यालयले दावी गरेको छ ।

You might also like