जनकल्याण सहकारीको साधरण सभा सम्पन्न

0

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ भुताहामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । सहकारीका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता र संविधान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । साधारणसभामा बोल्दै संविधान सभा सदस्य खनालले सहकारीमा गरेको बचतलाई ब्यबसायीक क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुले बढि भन्दा बढि फाईदा लिन सक्नुपर्ने बताउनुभएको थियो । सहकारीले जहिले पनि शेयरसदस्यहरुको हित हुने गरी कार्य गर्नुपर्ने उल्लेख गर्दै एक समान उद्देश्यका सहकारीमा एक ब्यक्ति एक सहकारी निति अनुसारनै अगाडि बढ्नुपर्ने धारणा समेत राख्नुभएको थियो । खनालले जनकल्याण सहकारी यस क्षेत्रको पुरानो सहकारी भएकोले पनि स्थानिय स्तरका निम्न भन्दा निम्न बर्गका ब्यक्तिहरुलाई सहकारीमा आवद्ध गराई क्रमश सहकारी मार्फत उनीहरुको जीवनस्तर उकास्नका लागि पनि पहल गर्नुपर्ने विचार ब्यक्त गर्नुभएको थियो । सहकारीले कोरोना महामारीका कारण गत मंसिर २४ गते देखि टोल टोलमा कार्यक्रम गरी सोहि अनुसारका सदस्यको उपस्थितिमा साधारण सभा कार्यक्रमलाई अगाडि बढाएको थियो । टोल टोलबाट प्रतिनिधिमुलक रुपमा सदस्यहरुको उपस्थितिमा मंगलबार सहकारीकै सभाहलमा साधारणसभाको समापन गरेको हो । २ हजार ५० सालमा स्थापना भएको सहकारीमा अहिले सम्म ४ हजार ३ सय ७१ जना शेयरसदस्य आवद्ध भएका छन् । संस्थाको गत आर्थिक बर्ष २०७६÷०७७ को अन्त्य सम्ममा कुल शेयर रकम ३ करोड १८लाख १६ हजार ३ सय रुपैयाँ, कुल बचत निक्षेप ३६ करोड २३ लाख ७८ हजार ७ सय २३ पुगेको छ । गत आर्थिक बर्षमा संस्थाले ८५ लाख ७५ हजार ३१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । कुल सम्पत्ति भने ४३ करोड ९३ लाख ९० हजार १ सय ४३ रुपैयाँ पुगेको छ । साधारणसभाको अवसर पारेर एस ई ई मा उत्कृष्ट नतिजा ल्याउने निजि तथा सरकारी विद्यालयका सहकारीमा आवद्ध शेयर सदस्यका छोराछोरी, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट कर्मचारी, उत्कृष्ट संचालक तथा संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनेहरुलाई सम्मान समेत गरिएको थियो । सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ, पुर्व अध्यक्ष बालाकृष्ण लम्साल, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मालगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव दिपक थापा क्षेत्रीले गर्नुभएको थियो भने उपाध्यक्ष मनमाया सुवेदीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

You might also like