डेंगु विरुद्धको अभियान ‘लार्भा खोज र नष्ट गर’

0

बर्दघाट – बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु विरुद्धको अभियान अन्तरगत ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु गरेको जनाएको। संक्रमित पोथी लामखुट्टेको टोकाईबाट हुने डेंगु बिरुद्ध सचेतना बृद्धि गर्न अभियान शुरु गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
नगरको स्वास्थ्य शाखा कोरोना कहरका बीच यो कार्यक्रम लिएर वडा नम्बर २ र १२ जाने तयारी गरेको हो । वडा नम्बर २ मा अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो । अब वडा नम्बर १२मा कार्यक्रम गर्दछौ –उहाँले भन्नुभयो – अभिुमसखकरण पछि वडामा खाल्टाखुटी पुर्ने र लार्भा खोजेर नष्ट गर्ने कार्यक्रम छ ।
वडा २ की वडाध्यक्ष दया दर्लामी मगरले वडामा लार्भा नष्ट गर्ने कार्यक्रम शुरु भएको बताउनुभयो । गत बर्ष बिभिन्न वडामा रहेको यो कार्यक्रम चालूबर्ष वडा नम्बर २ र १२ मा मात्र संचालन हुनेछ ।

You might also like