टोल प्रोफाइल बनाउने तयारी

0

नवलपरासीः नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ ले आफ्नो वडाभित्र रहेका सबै टोलहरुको तथ्याँक सहितको टोल प्रोफाइल बनाउने तयारी गरेको छ । वडाभित्रका २१ वटै टोलका टोल विकास समितिलाई परिचालन गरी वडाले टोल प्रोफाइल बनाउन लागेको हो । उक्त तयारी स्वरुप वडाले वडा प्रोफाइल फारम समेत तयारी गरेको छ । प्रत्येक टोलमा रहेका घरका किसिम, सवारी साधनको अवस्था, जग्गा जमिन,वस्तुभाउ, ब्यवसाय , पारिवारिक अवस्था तथा उमेर समुह र बालबालिकालाई खोप लगाए नलगाएको बिभिन्न बिषयलाई समावेश गरि वडाले प्रत्येक टोलको अवस्थाबारे जानकारी लिन टोल प्रोफाइल बनाउन लागेको बताइएको छ । टोल प्रोफाइलबाट वडाको जनघनत्वका साथै बिभिन्न तथ्याँक आउने र तथ्याँकको बिष्लेषण गरी वडामा आवश्यक योजना बनाउन सहज हुने बर्दघाट नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले बताउनुभयो । बर्दघाट नगरपालिकाको सबै भन्दा धेरै जनघनत्व रहेको वडा नम्बर ४ मा २१ टोल छन् । ती २१ टोलका आवश्यकतालाई ध्यान दिई योजना बनाउन टोल प्रोफाइलले सहयोग हुने वडाध्यक्ष हमालको विश्वास रहेको छ । टोल प्रोफाइलका लागि वडाभित्रका टोल समितिका साथै वडा सदस्यहरु समेत सक्रिय हुने बताइएको छ ।

You might also like