संचार संवाद कार्यक्रम सम्पन्न

0

पप्पु रेग्मी
बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्वर ४ बर्दघाटमा बुधवार सम्पन्न भएको कार्यक्रममा चालु आर्थिक वर्षमा गरेको विकास निर्माणका गतिविधी र आगामि वर्षको आयोजनाका विषयमा सरोकार वाला बीच संचार संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पत्रकार पहासंघ पश्चिम नवलपरासीको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले नगरपालिकाले गरेका विकास निर्माण सहितका विभिन्न गतिविधीका विषयमा प्रश्न र सुझाव राखेका थिए ।

नगरपालिकाले आजसम्म नगरपालिका भित्र ६० कि.मी कालोपत्रे गरेको र ३०० कि.मी सडक ग्राभेल गरेको विभिन्न प्रश्नका जवाफ दिदै नगरपालिकाले विकासको फड्को मारेको नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले दावी गर्नु भएको थियो ।

चालु आर्थिक वर्षमा कोरोेनाको कारणले सोचे अनुरुप काम गर्न नसकिए पछि ६५ प्रतिशत भौतिक प्रगति हासिल हुने उहाको भनाइ छ ।

आगामि वर्षमा स्वास्थ्य समस्यालाई व्यवस्थापन गर्दै ९५ प्रतिशत सम्म भौतिक प्रगति गर्ने लक्ष्य रहेको पनि धिरज शर्माले बताउनु भएको छ । सबैलाई समेटेर विकासको पथमा अगाडि बढेको बताउदै नगर प्रमुख बस्यालले आगामि नयाँ बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषिलाई पनि विषेश प्राथमिकता दिएको बताउनु भयो । उप मेयर तथा न्यायिक समिति संयोजक मायादेवी पौडेलले कोरोनाका कारण चालु आर्थिक वर्षमा न्यायिक समितिमा पनि स्थान घटेको बताउनु भएको थियो । ३० वटा मुद्दा यस वर्ष न्यायिक समितिमा दर्ता भएको बताए पछि , न्यायिक समिति प्रति जनताको विश्वासनै गुमेको होकी भन्ने सरोकारवालाहरुको जिज्ञासामा उप मेयर पौडेलले त्यस्तो नभएको भन्दै स्पष्ट पार्दै आफुहरुकै निर्णयमा अदालतले फैसला गरेको पनि उदाहारण पेश गर्नु भएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माको अध्यक्षता बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन राज कुमार रेश्मी र विकास अधिकारीले गर्नुभएको थियो ।

You might also like