एकता युवा क्लब द्वारा धर्म परिवर्तन बिरुद्ध पालिका प्रमुखलाई ज्ञापन पत्र

0

परासी –   धर्म परिवर्तन विरुद्ध एकता युवा क्लबका अध्यक्ष राजा गोसाई सहित १५ जनाको सहभागितामा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवलाई ज्ञापन पत्र बुझाईएको छ ।

एकता युवा क्लबका अध्यक्ष राजा गोसाईले गाउँपालिका अन्तर्गत विभिन्न गाउँ–टोलमा क्रिश्चियन र पिता परमेश्वरहरुले यहाँका जनतालाई प्रलोभनमा तथा त्रासमा पारी अन्य ठाउँहरुबाट आएर गाउँघरमा धर्म परिवर्तन गराउदै आएको सुचना पाएकोले ज्ञापन पत्र बुझाएको बताउनुभयो । मुलुकी अपराध (संहिता) ऐनको दफा १५८ ले कसैलाई पनि धर्म परिवर्तन गर्न प्रोत्साहित गर्न नहुने व्यवस्था गरेको छ १५८ (२)मा भनिएको छ ।

उनीहरुले गैरकानुनी रुपमा धर्म परिवर्तन गराउदै हिड्नेहरुलाई कानुन वमोजिम कारवाहीको पालिका बाट माग गरेका छन् । विश्व हिन्दु परिषद् नेपालका सदस्य हरिशंकर तिवारीले यस विषयमा पालिकाको ध्यानाकर्षण गराउनका लागि ज्ञापन पत्र बुझाएको जानकारी दिनुभयो ।

 

 

 

You might also like