कोरोना संकट र असफल पुँजीवादी ब्यवस्था

0
                                                         निरज केसी

यतिबेला विश्वमा महामारीको रुममा फैलिएको कोभिड १९ ले गर्दा सिंगो मानवजातिको अस्तित्व नै संकटमा पर्ने खतरा देखिएको छ । यो भाइरस २०१९को अन्त्यतिर चीनको बुहान शहरबाट सुरु भै अत्यन्तै तीब्र गतिमा आज सम्म विश्वका २१० देशमा फैलिसकेको छ । जसबाट २२ लाख भन्दा बढी मान्छे सङ्क्रमित हुनुका साथै १ लाख ५० हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन भने पाँच लाख जति मानिस उपचार पछि घर फर्किएका छन् । चिनियाँ सरकारको जनता प्रतिको जिम्मेवारीपुर्ण कदम स्वास्थ कर्मीहरुको अथक प्रयास र चिनियाँ जनताको अनुशासन पुर्ण गतिबिधिले बुहानमा लकडाउन खुलेको अवस्था छ भने पछिल्लो चरणमा सुपर पावर ठानिएका अमेरिका, इटली, फ्रान्स र स्पेनमा यो महामारी नियन्त्रण भन्दा बाहिर गएको छ । त्यहाँ दिन प्रति दिन सङ्क्रमितहरुको संख्या र मृत्यु दर हेर्दा भयावह स्थिति सिर्जना भएको छ । आफूलाई आर्थिक , भौतिक प्राबिधिक र साधन श्रोतले सम्पन्न वैज्ञानिक र सस्त्र अस्त्रका हिसाबले सिंगो मानब जाति अनि बिश्व ब्रम्हाण्डलाई नै चुनौती दिने पुँजीवादी साम्राज्यवादी मुलुकका शासकहरुको जनता प्रतिको रबैया र उत्तर दायित्व अनि कोभिड १९ ले पैदा गरि दिएको निरीहतालाई हेर्दा बिश्व राजनैतिक शक्ति सन्तुलनमा समेत हेरफेर हुन सक्ने संभावना देखिएको छ । कोभिड १९ ले मानब जीबन र स्वास्थमा मात्र होइन राजनैतिक आर्थिक र सामाजिक क्षेत्र सहित बहुआयामिक क्षेत्रमा प्रभाव पार्ने निश्चित छ । जसका केही सिण्टमहरु र अन्तरविरोधहरु बिश्वराजनीतिमा अहिले नै देखा पर्न थालेका छन ।

अहिले केही के ही अन्तर बिरोधहरु सतहमा नै देखा परेका छन । जस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिश्व स्वास्थ संगठनलाई कोभिड १९ को विषयमा समयमै जानकारी नगराएको पहिलो आरोप लगाएको छ । बिश्व स्वास्थ संगठनले चीनको पक्षमा काम गरेकोले ध्ज्इ लाई अमेरिकाले दिने गरेको आर्थिक सहयोग बन्द गर्ने घोषणा गरेको छ । उक्त विषयलाई लिएर बिश्व स्वास्थ संगठनका अध्यक्ष डा.टेड्रोस एदनाम गेब्रीयसले राष्ट्रपति ट्रम्पलाई कोरोनाको विषयलाई लिएर राजनीति नगर्न चेतावनी दिएका छन । भने अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई अपमानित र आरोपित गर्ने गरी चाइनिज बुहान भाइरस भन्दै ह्वाइटहाउसबाट घोषणा गर्नुका साथै जि सेभेन देशहरुको बैठकमा समेत अमेरिकी विदेश मन्त्री पम्पेओले बुहान भाइरस नाम राख्ने प्रस्ताब गरे तर अन्य राष्ट्रका प्रति निधिहरुले नमाने पछि संयुक्त विज्ञप्ति जारी हुन सकेन , संकटको बेला सहयोग गर्नुको सट्टा चीनलाई लक्षित गर्दै ’ एउटा बिरामी देश’ भनेर बेइजिङ स्थित अमेरिकी दैनिक ब्युरो प्रमुखले खिल्ली उडाउने काम गरे जसले अमेरिकाको चाइना प्रतिको रबैया उसको नियत र दृष्टिकोण प्रष्ट बुझ्न सकिन्छ ।

चीनमा माथी संकटको बेला ट्रम्प प्रशासन चालेको अलोकप्रिय, अमानवीय र अमर्यादित कदमले अमेरिका बिश्वजगतमा नाङ्गिन पुगेको छ । चीन संक्रमणले थिलोथिलो भएको बेला सहयोग गर्नु सट्टा चिनियाँ जनताको बीजोकम रमिते बन्दै खुसी मनाउने राष्ट्रपति ट्रम्प र अमेरिकी शासक बर्गले कोभिड १९ ले अमेरिकालाई छुन नसक्ने तर्क गर्दै बस्न पुग्यो । तर आज के ही महिना बित्न नपाउदै संसारको सबै भन्दा बढी कोरोना प्रभाबित देश बनेको छ । यो हरफ लेख्ने बेला सम्म अमेरिकामा मात्र ७ लाख क्रस गरेको छ भने मर्ने को संख्या ३७ हजार क्रस गरेको छ । अमेरिकामा अत्याबश्यक स्वास्थ सामाग्रीहरु सर्जिकल माक्स, थर्मल गन , आरडीटी किट, पिपिइ भेन्टिलेटरको निकै ठुलो संकट परेको छ र एक्दमै भयाबह स्थिति पैदा भएको छ अमेरिका जस्तो विश्वको आधुनिक मुलुकमा समेत स्वास्थ सामाग्रीको अभाव देखीनु र मृत्यु दर उच्च देखिनुले साम्राज्यवादी पुँजीवादी शासकहरुको शासन शैली र क्षमता पुष्टि हुनुका साथै जनता प्रति कति गैर जिम्मेवार र अनुदार हुन्छ भन्ने कुरा समेत प्रष्ट छ । भने खुल्ला अर्थतन्त्र र उदारपुँजीवादलाई अंगीकार गरेकै भए पनि हिजो कम्युनिष्ट समाजवादी शिविरमा भयका राष्ट्रहरुनै कोभिड १९ ले ल्याएको संकट हल गर्ने क्रममा अनुशासित र जनता प्रति जबाफदेहीता सहित अग्रपंङ्तिमा देखिएका छन । जस क्रममा चिनियाँ रास्ट्रपति सिजिन पिङले कोरोना विरुद्धको लडाइलाई जनयुद्घको संज्ञा दिदै अहोरात्र प्रत्यक्ष बुहानको कमाण्ड समाले र निकै अनुशासितपुर्वक बुहानका जनतालाइ बचाउन देशैभरका ४२ हजार स्वास्थकर्मीहरु र साधन श्रोत केन्द्रीत गर्दै कोरोना विरुद्धको लडाईमा सफलता हासिल गरेका छन । साथै चाइना आज आफ्नो मुलुकमा देखिएको समस्यासँग जुध्दै बिश्वमानब जातिको उद्दारमा जुटेको छ ।

आज संकट ग्रस्त देशहरुमा स्वास्थकर्मीहरु खटाउनुका साथै स्वास्थ सामाग्रीहरु सहयोग गरी रहेको छ ! साथै क्युवाले पनि युरोपका इटली, स्पेन लगाएका मुलुकमा स्वास्थकर्मी र सामग्री पठाएर उद्दार कार्यमा जुटेको छ । र विगतमा समाजवादी शिविरमा रहेका मुलुकहरु नै कोभिड १९ को प्रभाव कम गर्न सफल देखिन्छन । जसले गर्दा आज चाइना लगायतका मुलुकहरुको भूमिकाको प्रशंसा हुने गरेको छ र विशेष त चीन अन्तराष्ट्रियजगतमा हावी हुदै गएको छ भने अमेरिका एक्लिँदै गएको छ । कोभिड १९ले बिश्व राजनीतिमा मात्र होइन आर्थिक सामाजिक सामरिक र कुटनैतिक क्षत्रमा समेत ठुलो असर पर्ने विश्लेषकहरुको भनाइ छ । बिश्व स्वास्थ संगठनका प्रमुखले यो दोश्रो बिश्वयुद्ध पछि को सबै भन्दा ठुलो बिश्व महामारी को संज्ञा दिदै यसका विरुद्धको लडाई मुख्य र साझा बनाएर जादा यसको नियन्त्रण र निदान गर्न तर्क पेश गरेका छन । वैज्ञानिकहरु यसको औषधी पत्ता लगाउन प्रयत्नरत देखिन्छन तर बिश्व स्वास्थ संगठनले समेत करिब डेढ बर्ष लाग्न सक्ने अनुमान पेश गरेको छ । जसबेला सम्म मानब जातिले अकल्पनीय भयावह बेहोर्नु पर्ने देखिन्छ र जसलाई मिलेर सामूहिक ढंगले नै संकटको मोचन गर्नु नै समग्र मानब जातीको हितमा हुनेछ । अब बिश्वजगतमा अर्थतन्त्रमा निकै ठुलो धक्का हुने र आर्थिक मन्दी देखा पर्ने अनुमान गरियको छ र जसको प्रभाव तेश्रो विश्वका गरिब मुलुकहरुमा सबै भन्दा बढी पर्ने र अनिकाल भोकमरी जस्ता जटिल अवस्था आउन सक्ने देखिन्छ । जसले गर्दा विश्वका भोकमरी र आर्थिक समस्याका कारणले स्वास्थ क्षत्रमा थप अरु जटिलता पैदा हुने अरु नया महामारी हरु पैदा हुने र उत्पीडित राष्ट्र र जनतामा शाषकहरु प्रति आक्रोश पैदा भै दुनियाँमा अहिले चलीरहेका साम्राज्यवादी पुँजीवादी शोषणका विरुद्धमा ठुला ठुला आन्दोलनका आँधीबेहरी उठ्ने र विश्वराजनीतिमा हेरे फेर हुने गरि ठुला ठुला उथल पुथलहरु आउने पूर्ब अनुमान गर्न सकिन्छ । त्यसैले संसार भरका क्रान्तिकारी कम्युनिष्टहरुले कोभिड १९ का विरुद्धको लडाईले पार्ने सबै खालका चुनौती र संभावनाहरुलाइ मध्य नजर गर्दै अगाडी बढ्न आवश्यक छ ।

आज प्रकृतिमा जुन कोभिड १९ जस्तो महामारी पैदा भयो र जससँग जुध्ने क्रममा अहिलेको साम्राज्यवादी पुँजीवादी विश्वव्यवस्था असफल भएको छ । कोभिड १९ विरुद्ध लड्न सामूहिक र सामाजिक प्रयत्न प्रयत्नले नै सफलता हुने देखिन्छ । समाजमा सामुहिक ढङ्गले चल्ने व्यवस्था नै समाजबाद हो । त्यसकारण अहिले प्रकृतिले पुँजीवाद का विरुद्ध नै सङ्कट पैदा गरेको कुरा प्रष्ट देख्न सकिन्छ । त्यसकारण यो युगमा सबै खालका समस्याहरुको हल र निकास वैज्ञानिक समाजबादी व्यवस्थाले मात्र दिन सक्छ भन्ने कुराको पुष्टी हुदै गएको छ ।
मिति २०७७/०१/०७

You might also like