बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

0

पाल्डाडा १ फागुन – पश्चिम नवलपरासीको बर्दघाट ५ पाल्डाडास्थित शान्ति निकुञ्ज रेवती गौमाता गौतम माविको ३८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस बुधवार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले शैक्षिक क्षेत्र सुधारका लागि प्रदेश सरकार लागि परेको बताउदै त्यसका लागि योजना बनाइने बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथि बर्दघाट नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्ष रेश्मीराज भट्टराईले सामुदायिक बिद्यालयलाई हेर्ने दृष्टिकोण प्रति परिर्वतन आउनुपर्नेमा जोड दिदै त्यसका लागि शिक्षक अभिभावक तथा बिद्यार्थीहरुको भुमिका महत्वपुर्ण हुने बताउनभयो । कार्यक्रममा प्रधानाध्यापक बिजयरत्न पराजुलीले शैक्षिक तथा बिभिन्न प्रतिबेदन पेश गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षाप्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बिद्यालय बयवस्थापन समितिका अध्यक्ष हिरा गिरीको अध्यक्षता शिक्षक रमेश लम्सालको संचालनमा भएको थियो ।

You might also like