आगामी बजेट सम्बन्धमा सुस्ता गाउपालिकाले ग¥यो सुझाव संकलन

0

नवलपरासी २९ जेठ – पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाले आगामी बजेट सम्बन्धमा सुझाव संकलन गरेको छ । आर्थिक बर्ष ०७७÷०७८ का योजना तर्जुमा गर्न पालिकाले सुझाव संकलन गरेको हो ।

आर्थिक बर्ष ०७७÷०७८ का योजना निर्माण गर्दा योजनालाई कसरी जनमुखी बनाउन सकिन्छ भन्ने सन्र्दभमा सुझाव लिइएको गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।
बिभिन्न क्षेत्रबाट आएका सुझावलाई समाबेश गरी बजेट बनाउने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य,कृषि तथा पशुपन्छी विकास खानेपानी तथा सरसफाई महिला बालबालिकाको क्षेत्र एंव युवा सशक्तीकरण लगायतका क्षेत्रमा बजेट तथा कार्यक्रम बनाउन पालिकालाई सहभागीले सुझाव दिएका थिए ।

कार्यक्रममा नेकपा गाउँ कमिटी सुस्ताका इन्चार्ज अमृत खडका, नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका जिल्ला सदस्य प्रकाश कुमार न्यौपाने, केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु प्रसाद यादव, नेकपा गाउँ कमिटी सुस्ताका अध्यक्ष ज्ञान प्रसाद पाठक,महेन्द्र माध्यमिक बिद्यालय कुडियाका प्रधानाध्यापक भुपनारायण चौधरी,स्वतन्त्र समुहका प्रतिनिधि माहातम बिन,महिला संजालका प्रतिनिधि पम्फा आर्याल,लायन्स क्लब सुस्ताका अध्यक्ष डिल्लीराम काफ्ले,नेकपा जिल्ला कमिटी नवलपरासीका सचिवालय सदस्य टेक नारायण उपाध्याय लगायतले राय सुझाव राखेको बताइएको छ ।
कार्यक्रम सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको थियो ।

You might also like