बर्दघाटमा स्रोतमै बर्गीकरण गरेर फोहोर संकलन शुरु !

फिल्डमै खटिए जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत

0

रवि पाण्डेय
बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आज देखि स्रोतमै फोहोर बर्गीकरण गरेर संकलन गर्ने कार्य थालनी गरेको छ । स्रोतमै फोहोर बर्गीकरण गरेर संकलन गर्ने कार्यको शुरुको दिन नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्र प्रकाश उपाध्याय र बर्दघाट बजार विकास समितिका पदाधिकारी सहितका सरोकारवाला फिल्डमै खटिनुभएको थियो ।सोहीक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबै सरोकारवालाले साथ पाए फोहोरलाई मोहर बनाउन सकिने औल्याउदै सरसफाईयुक्त नगर निर्माणको निम्ति आफूहरु लागि परेको दावी गर्नुभयो ।
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नागरिकहरुले यस अभियानलाई लागू गर्नको लागि मनदेखि नै लाग्नुपर्ने बताउदै अभियानलाई सार्थक बनाउने जानकारी गराउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सरोकारवालाबीच अन्तरक्रिया गरेर निर्माण गरिएको ३० बुदें कार्ययोजना अन्तरगत आजदेखि कुहिने नकुहिने र शिशाजन्य गरेर तीन प्रकारका फोहरलाई छुट्टाछुट्टै दिन संकलन गर्ने ब्यवस्थापन गरिएको बताउनुभयो ।


नेपालको संविद्यानले प्रदान गरेको स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै फोहर मैला ब्यवस्थापन कार्यान्वयनको लागि अभियान शुरु गरिएको सापकोटाको भनाई थियो ।
नगरक्षेत्रवाट उत्पादन हुने फोहरको स्रोतबाट नै बर्गीकरण गरेर उचित ब्यवस्थापन गर्ने तयारी गरीरहदा कोही कसैले आनाकानी तथा आलटाल गर्ने र अवरोध गरे तत्काल नगरवाट दिने उसको सेवा अवरोध गर्ने उहाँले बताउनुभयो । जसमा प्रचलित कानुन बमोजिम ५ हजार देखि १ लाख सम्म कार्वाही गर्ने गरी अभियानलाई अघि बढाईएको छ । यसैबीच बर्दघाट–४ को जंगल क्षेत्रमा ल्याण्डफिल साइड समेत बनाउने गरी कार्य थालनी गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ ।

You might also like