कला निर्देशक उद्धव भट्टराईको निधन

0

कला निर्देशक एवं भेषभुषा प्रबन्धक उद्धव भट्टराई (जुङ्गे) को शनिबार निधन भएको छ । बैतडीको पाटन नगरपालिका–१ को लदौली घर भएका ६६ वर्षका भट्टराईको उपचारका लागि बैतडीबाट काठमाडौं जाँदै गर्दा चितवनमा आफू सवार बसमै मृत्यु भएको हो ।

परिवारका अनुसार उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए । कला निर्देशनसँगै फिल्ममा भेषभुषासमेत हेर्ने कुशल कलाकारसमेत रहेका उनी ४ दशकदेखि फिल्ममा सक्रिय थिए । ‘सन्तान’बाट कलाकार र कस्ट्युम डिजाइनरका रूपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’मा कला निर्देशकका रुपमा काम गरेका थिए ।

उनले नेपाली हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’सहित अन्य विभिन्न चलचित्रहरुमा समेत काम गरेका छन् । रेडियो नेपालमा उनले देउडा गीतसमेत गाएका थिए। kantipurnews

You might also like