वडाध्यक्षले नै सार्वजनिक सम्पति ब्यक्तिलाई दिएपछि स्थानीय चकित

0

भुताहा – पश्चिम नवलपरासीको बर्दघाट – १० स्थित अल्हावलमा रहेको ज्ञानज्योति माविको साईकल स्टेण्ड बनाउन राखेको इट्टा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ । बिद्यालय परिसरभित्र राखेको इट्टा चोरी भएको भन्दै बिद्यालयकी प्रधानाध्यापक सरस्वती श्रेष्ठ , बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर क्षेत्री सहितले ईलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिनुभएको थियो ।

तर, उजुरीपछि बर्दघाट – १० का वडाध्यक्ष राजु मिश्रले उक्त ईटटा मैले दिएको हो भनी स्विकारेपछि ईट्टा लैजानेलाई ५ हजार एक सय रुपैया जरिवाना गरि मिलाउने बिद्यालय ब्यवस्थापन समितिले लिखित निर्णय गरेको छ । स्रोतका अनुसार वडाध्यक्ष मिश्रले स्थानीय प्रेमप्रसाद न्यौपानेको परिवारलाई २ ट्रेक्टर ईट्टा दिएको बताइएको छ । सो इट्टा न्यौपानेका छोरा नारायण न्यौपानेले बिद्यालयको काँडेतार काटेर लगेको एक प्रत्यक्षदर्शीले बताए । बिद्यालय परिवारलाई थाहै नदिई न्यौपाने इट्टा लगेपछि बिद्यालयले खोजी गर्न प्रहरी गुहारेको थियो । ईट्टा काण्ड प्रहरीमै पुगेपछि वडाध्यक्ष मिश्रले मैले दिएको हो मैले नै मिलाउछु भनेको स्रोतको भनाई छ । हामीलाई थाहै नदिई बिद्यालयको ईट्टा लगेपछि हामीले प्रहरीमा उजुरी दिएका हौ – बिद्यालयकी प्रधानाध्यापक सरस्वती श्रेष्ठले भन्नुभयो – पहिला वडाध्यक्षले केही भन्नु भएन पछि मैले दिएको हो भनेपछि ५ हजार एक सय जरिवाना लगाउने निर्णय भएको छ । उहाँका अनुुुसार आफूबाट गल्ती भएपछि वडाध्यक्ष मिश्रबाट विद्यालय हामीले नै बनाउने हो भन्दै बिद्यालयमा प्रतीक्षालय बनाइदिन्छु भन्ने आश्वासन आएको थियो । बिद्यालयलाई प्रतीक्षालय नभई साइकल स्टेण्ड चाहिएको हो भनेर आफूले वडाध्यक्षलाई भनेको प्रअ श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख तथा प्रहरी निरिक्षक बुद्धिसागर पुरीले ईट्टा चोरी भएको कुरा आफु कहाँ आएको र पछि वडाध्यक्षले वडामै मिलाउने भनेपछि त्यसबारे अहिले के भइरहेको छ आफुलाई जानकारी नभएको बताउनुभयो । कुरा आएको थियो वडातिरै छलफल हुन्छ भनेपछि फ्लो गरिएको छैन – पुरीले स्थानीयपत्रलाई भन्नुभयो । उता वडाध्यक्ष र बिद्यालयको बीचमा समन्वय नहुदाँ वडाध्यक्ष मिश्रलाई नै सोधेर ईट्टा लगेका न्यौपाने जरिवानामा पर्ने भएका छन् । वडाध्यक्षलाई सोधेरै लगेपनि सरोकारवालाबीच समन्वय अभाव हुदाँ न्यौपाने दण्डमा पर्ने भएका हुन । बिद्यालय ब्यवस्थापन समितिले ईटटा लैजाने स्थानीय युवा नारायण न्यौपानेलाई ५ हजार एक सय रुपैया जरिवाना एक हप्ता भित्र बुझाउनुपर्ने लिखित निर्णय गरेको प्रअ श्रेष्ठले जानकारी दिनुभयो । जरिवाना बढी भयो कि भन्ने वडाध्यक्षको गुनासो रहेको बताइएको छ । त्यत्रो ईटटा गएको छ कसरी बढी हुनु भनेर मैले भनेकी छु – प्रअ श्रेष्ठले भन्नु भयो कम्तीमा १५ हजारको ईट्टा लगिएको छ । १५ हजारको सार्वजनिक सम्पति लगिएको भएपनि ब्यवस्थापन समितिले ५ हजार १ सय मात्र जरिवाना लगाएको छ । यसबारे बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर क्षेत्रीले यसबारे आफूले केही प्रतिक्रिया दिन नमिल्ने बताउनुभयो ।
त्यस्तै बर्दघाट नगरपालिका वडा नम्बर १० का अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य राजु मिश्रले ईट्टाको कुरा मिलिसकेको दावी गर्नुभयो । टुक्रा ईटटा हो कुरा मिलि सक्यो, सिंगो ईट्टा बेचेपछि रहेको ईट्टा हो । सबै कुरा मिलिसकेको छ । त्यस्तै नेपाल सरकारको सबै भन्दा जनतासंग नजिकको निकाय वडा कार्यालय हो । तर वडाध्यक्षले नै सार्वजनिक सम्पति सरोकारवाला संस्था बिद्यालयलाई थाहै नदिए ब्यक्तिलाई दिएपछि स्थानीय चकित भएका छन् । नियमानुसार वडामा रहेका बिद्यालयमा वडाध्यक्ष पदेन सदस्य हुन्छ । पदेन सदस्यले आफनो हैसियत अनुसार काम गर्नुपर्ने र प्रशासनिक काम प्रधानाध्यापक अनि ब्यवस्थापकीय जिम्मा बिद्यालय ब्यवस्थापन समितिको हुने बिज्ञहरु बताउछन ।

You might also like