पर्सामा राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फारम पालिकाबाटै

0
 जिल्ला प्रशासन कार्यालय, पर्साले  सेवाग्राहीको सजिलोका लागि  राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फारम पालिकास्तरबाट भर्न सक्ने गरी  व्यवस्थापन  गरेको छ।

राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाइन फारम जिल्लाका चौध वटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

अब उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फारम  भरेरमात्र प्रशासन कार्यालय आउनुपर्ने छ।

प्रशासन कार्यालयका अनुसार सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत् सार्वजनिक गरिएको  छ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न छ जनालाई यस अगाबै कारबाही गरेपछि यो व्यवस्था गरेको हो। khabardabali

You might also like