भानु जयन्तीको अवसरमा साहित्यिक गोष्ठी

0

नवलपरासी – २०६ औं भानु जयन्तीको अवसरमा बर्दघाट साहित्य समाजको आयोजना तथा स्थानीय पत्र साप्ताहिकको सहआयोजनामा स्रष्टा र साहित्य बिषयक अन्तरक्रिया एंव रचनावाचन कार्यक्रम बर्दघाटमा शनिवार सम्पन्न भएको छ । स्थानीय पत्रको स्विकृत कार्यक्रम तथा बर्दघाट साहित्य समाजको पहिलो कार्यक्रम अन्तरगत भएको सो कार्यक्रममा बर्दघाट नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्रबिक्रम हमाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।

कार्यक्रममा हमालले आदिकवी भानुभक्त आचार्यको रचना वाचन सहित उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि हमालले राष्ट्र समृद्धि हुनका लागि आर्थिक समृद्धि मात्र नभई कला साहित्य र संस्कृतिलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नगर कार्यपालिकाले कला तथा साहित्य सम्बन्धि कानुन बनाउन लागेको उहाँले समेत जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय पत्रका प्रबन्ध निर्देशक रवि पाण्डेले पत्रिकाले आगामी बार्षिक कार्यक्रममा समेत कला साहित्यक्षेत्रलाई समेटेर लैजाने बताउदै त्यसका लागि धेरै सरोकारवालावीच सहकार्य गर्न सकिने उल्लेख गर्नुभएको थियो । सो कार्यक्रममा साहित्यकारहरु दुर्गा पंगेनी, रामु भण्डारी, सिता प्रसाई, मुक्ति तिवारी , दिपक बराल ,नवराज घिमिरे,विनोद प्रेमी, शक्ति पौडेललगायतले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रम समाजका अध्यक्ष दिनानाथ पौडेलको अध्यक्षता मुक्ति तिवारीको संचालनमा भएको थियो ।

You might also like