काठमाडौं महानगरले ल्यायो इन्डोनेसियाबाट तीन दमकल

0

 काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट मङ्गलबार तीन वटा दमकल ल्याएको छ ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले अत्याधुनिक प्रविधिसहित त्यहाँबाट तीन वटा दमकल नेपाल ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन हजार लिटर क्षमता भएको ती दमकलले १० तलासम्म आगो निभाउन सक्नेछन् ।

पिटिज्याक कम्पनीले निर्माण गरेको दमकल काठमाडौंसम्म ल्याइपुर्याउँदा दुई करोड ४० लाख रुपियाँ लागत परेकाे उहाँले जानकारी दिनुभयो ।

उहाँले ती दमकल काठमाडौंका बालाजु, धर्मपथ न्यूरोड र बौद्धस्थित रामहिटिमा  राखिनेछन् ।

दमकल सञ्चालनमा आउन करिब १५ दिन लाग्नेछ भने इन्डोनेसियाबाट आउने प्राविधिकहरूले दमकल सञ्चालन गर्नेछन् ।

काठमाडौं आइपुगेको दमकल यसअघिका महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो ।  gorkhapatra

You might also like