ताप्लेजुङबाट हेलिकप्टरमा काठमाडौं ल्याइएका डिएसपी राणाको स्वास्थ्यमा सुधार

0

अस्वस्थ भएपछि ताप्लेजुङबाट हेलिकप्टरमा काठमाडौं ल्याइएका डिएसपी बालनरसिंह राणाको स्वास्थ्यमा सुधार भएको छ । ताप्लेजुङमा कार्यरत डिएसपी राणालाई अस्वस्थ भएपछि मंगलबार प्रभु हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

उनको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । आईसीयुमा उपचार भइरहेको र अवस्था सामान्य भएको प्रहरी अस्पतालकी एआईजी डा.आशा सिंहले रातोपाटीलाई बताइन् । प्रहरी प्रधान कार्यालयले केही दिनअघि राणालाई ट्राफिक प्रहरी महाशाखामा काज सरुवा गरेर ताप्लेजुङमा कैलाश राईलाई पठाएको थियो । तर, राणा काठमाडौंमा हाजिर भैसकेका थिएनन् । राणाको श्वासप्रश्वासमा समस्या देखिएको छ ।  ratopati

You might also like