गाउँमा समृद्धि खाेज्दै बलराम र कमलाकाे जाेडी

0

 जीवनका करिब दस वर्ष वैदेशिक राेजगारीमा रहेका रुरुक्षेत्र गाउँपालिका वडा नं. १ च्युरेकका  बलराम ज्ञवाली यतिबेला आफ्नै पुर्ख्याौली थलाेमा पाखुरा बजारेर समृद्धि खाेजिरहेका छन । बलरामलाई उनकाे कृषि कर्ममा जीवन सँगिनी कमला ज्ञवालीले उत्तिकै साथ दिईरहेकी छन ।

वैदेशिक राजगारीबाट फर्केका बलराम ज्ञवालीले ६ वर्षदेखि बारीमा तरकारी खेति शुरु गरेका हुन ।
शुरुशुरुमा त्यति ज्ञान थिएन । गर्दैजाँदा सिकिँदाे रैछ, न हामीलाई कतैबाट प्राविधिक सुविधा छ, न सिकाई । तर पनि स्व:सिकाईले काम चलेकाे छ बलराम ज्ञवालीले भने ।

हरेक वर्ष लाखौंकाे मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर आम्दानी गरेका बलराम ज्ञवालीका बारीमा यतिबेला केराउ लटरम्म फलेकाे छ र याे सिजनमा मात्र डेढ क्विन्टल हरियाे केराउ बिक्री गरेकाे उनले बताए ।

हरेक वर्ष  वर्खे  काउली ब्रा काउली लगाउँदै आएकाे र गत वर्ष करिब सत्तरी हजारकाे  वर्खे काउली बेचेको कमला ज्ञवालीले बताईन् ।

सिँचाईकाे समस्याका माझपनि वर्षाकाे पानी सँकलन घैँटाे र प्लास्टिकका टँकिहरुमा पानी सँकलन गरेर उनिहरुले बारीमा सिँचाइ गर्दै आएका छन ।

तरकारी खेती मात्र हाेईन गतवर्ष लाेकल जातकाे मकैकाे सट्टा हाईब्रिड मकै, मकै भित्र बाेडी र काउली लगाएर नयाँ प्रविधिले खेती गरेका बलरामको बारीमा तरकारी र मकै उपद्राे फलेकाे र तरकारीबाट  राम्रै आम्दानी मात्र हाेईन मुरीका मुरी मकै बेच्न सफल भएका छन ।

व्यवासायीक तरकारी  र कृषिकर्ममा लागेका खेतीमा लागेका बलराम ज्ञवालीलाई राज्यले चासाे नदेखाएकोमा गुनासाे छ ।

किसानका घरघरमा कृषि प्राविधिकहरुकाे पहुँच राज्यले गरिदिनु पर्छ तर यहाँ त कृषिमा राज्यले हेरेकाे छ भन्ने तर कुनै निकाए र प्राविधिक हरु किसानकाे घरमा किसानका समस्यामा फर्केर नहेर्ने मात्र हात मिलाउने र बात मिलाउने काम भएकाे बलराम ज्ञवालीले भने । कृषिपेशामा सबैभन्दा दुखकाे कुरा उत्पादन जँगली जनावरबाट जाेगाउन सकिएकाे छैन, न हामीसँग कुनै उपाए छ, न कहि गुहार गर्ने ठाउँ छ । बाँदर, ढेडुवा, दुम्सी, चौवडाले हैरान पार्छन, यसैले पनि गाउँमा दुख गरेर उत्पादन लिन नपाए पछि बसाइँसराइकाे समस्या बढेको उनकाे बुझाई छ ।

जे हाेस  कृषि क्षेत्रका हरेक समस्यालाई  झेल्दै बलराम ज्ञवाली र कमला ज्ञवालीकाे याे जाेडिले गरेकाे र बारीमा बजारेका पाखुराले राम्रै प्रतिफल दिएकाे छ ।  setomasi

You might also like