एमाले प्रवेशको लहर चलेको छ : बैजनाथ चौधरी

0

 

नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा लम्बिनी प्रदेश सहईन्चार्ज वैजनाथ चौधरीले चुनाव नजिकिदै जादा एमाले प्रतिको आर्कषण ह्वात्तै बढेको बताउनुभएको छ । अहिले जताततै एमाले प्रवेशको लहर चलेको चौधरीले बताउनुभयो । आईतबार आज एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल रामग्राम नगर कमिटिको अधिवेशनलाई परासीमा सम्बोधन गर्दे नेता चौधरीले एमाले नेतृत्वको सरकारले सुरु गरेका विकासका कामलाई वर्तमान सरकारले निरन्तरता समेत दिन नसकेको बताउनुभयो ।

प्रदेश सरकार पुर्व मन्त्री समेत रहनुभएका चौधरीले परासीमा विकासका काम एमाले नेतृत्वको सरकारले सुरु गरेको बताउदै अहिले एमालेको जित निश्चित भएको जिकिर गर्नुभयो । कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले पार्टी एक ढिक्का भएर चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । मुलुकको सम्वृद्धिको लागी एमाले मात्र विकल्प भएको बताउदै उहाँले अबको चुनाव एमालेको पक्षमा पार्न युवाहरु बढि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

सो क्रममा युवा संघका लुम्बिनी प्रदेश ईन्चार्ज सुमन पुरीले युवाहरु वर्तमान आधुनिक युग संगै जानकार भएर पार्टि काममा लाग्न निर्देशन दिनुभयो । युवा संघका नगर कमिटि अध्यक्ष ईन्द्रेस गुप्ताको अध्यक्षतामा भएको अधिवेशन सत्र अगाडी युवाहरुले मोटरसाईकल र्याली निकालेलेको युवा नेता दिपक क्षेत्रिले जानकारी दिनुभयो । यसैबिच आज रामग्राम १६ हकुईमा पार्टि प्रवेश कार्यक्रम एमालेले सम्पन्न गरेको छ । एमालेको पोलिट्व्युरो सदस्य चौधरी, जिल्ला अध्यक्ष अधिकारी सहितका नेताहरुको उपस्थितिमा दर्जनौ स्थानिय विभिन्न पार्टि परित्याग गरि एमालेमा प्रवेश गरेको एमाले रामग्राम ईन्चार्ज धनपत यादवले बताउनुभयो ।  parasifm

You might also like