कृषकलाई अभिलेख रजिस्टर वितरण

0

 

नवलपरासी – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न २ को वडा कार्यालय  विहीवार एक कार्यक्रम गरि पशुपालन कृषकहरुको मध्ये नजर गर्दै कृषक कार्यालयमा होइन,कार्यालय नै कृषकको घरमा भन्ने मुल नाराका साथ पशुपालन कृषक हरुलाई लगबुक अर्थात अभिलेख रजिस्टर वितरण गरेको छ । पशुपालन कृषक हरुले आफ्नो समस्याहरु लिएर पटकपटक वडा कार्यालयमा आएर गुनासो पोख्ने र सुस्ता गाउँपालिकाको वार्ड न २ मा अत्याधिक पशुपालन गर्ने वार्ड नै भएको कारणले गर्दा साथै पशुपालन कृषकहरुलाई सहज र सरल रूपमा पशु सेवा प्रदान गर्ने उद्देश्यले कृषक कार्यालयमा होइन,कार्यालय नै कृषकको घरमा भनेर कृषकहरुलाई लगबुक वितरण गरिएको सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष कृष्ण लाल मुखियाले बताउनु भयो । सुस्ता गाउँपालिकाको सभा हलमा भएको कृषक भेला तथा लगबुक वितरण कार्यक्रमका अध्यक्ष सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष कृष्ण लाल मुखियाको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ८ वटा दर्ता भएको पशु फर्मका कृषकहरुलाई लगबुक वितरण गरिएको हो । सुस्ता गाउँपालिका वार्ड न २ मा २४ जना पशुपालन कृषक रहेको र त्यसमध्ये मा ८ जना कृषकहरुले पशुपालन फर्मलाई गाउँपालिकामा दर्ता गरेका छन । साथै सोही कार्यक्रमको अवसरमा सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष मुखियाले कार्यालयलाई सेवाग्राही मुखी बनाउनको लागि एक घर एक पशु प्राबिधिक सेवा,एक घर एक फलफूलको बोट,जेष्ठ नागरिकलाई घर घरमा स्वास्थ्य परिक्षण र घर घरमा समाजिक सुरक्षा भत्ता लगाएतका विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्नु भएको छ । सो कार्यक्रममा पत्रकार श्याम थापा,वार्ड न १ का अध्यक्ष अशोक कुमार चौधरी,वार्ड न ३ का वडा अध्यक्ष राजकुमार महतो,वार्ड न ४ का वडा अध्यक्ष अशोक कुमार गुरुङ्ग,वार्ड न ५ का वडा अध्यक्ष प्रभु नाथ यादव,पशु प्राबिधिक मिलन गौतम,सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे लगायतका बक्ताहरुले कृषकहरुलाई उत्प्रेरित गराउनका लागि यस्तो कार्यक्रमलाई निरंतरता दिनु पर्ने बक्ताहरुको जोड थियो ।

You might also like