“हामी निर्वाचित भएसंगै वडामा सडक देखि शिक्षासम्म बिकास भएको छ” – पाण्डे 

0

सुस्मन विश्वकर्मा, सुनवल । नेपाल कम्युनिस्ट पार्टी( एमाले) का नवलपरासी जिल्ला कमिटी सदस्य एवम् सुनवल नगरपालिका वडा.७ का निर्वाचित जनप्रतिनिधि विनोद पाण्डेले सुनवल-७ मा एमालेका नेतृत्व निर्वाचित भएसंगै समग्र वडाकाे बिकास भएको बताएका छन् ।

पार्टीको सुनवल नगरपालिका वडा न. ७ अन्तर्गत अस्नैया टोल कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पाण्डेले आफ्नो कार्यकालमा वडाको बिकासको निमित्त धेरै कामहरु भएका कारण आफ्नो कार्यकाल सफल र अर्थपूर्ण भएको बताए ।

उनले  नेकपा एमालेबाट सुनवल-७ मा निर्वाचित पाँचै  जना जनप्रतिनिधिहरु वडाकाे बिकासका निमित्त निरन्तर लागि परेको दावी गरे । “हामी २०७४ सालको स्थानीय निर्वाचनमा  पछी निर्वाचित भएलगत्तै निरन्तर जिम्मेवारी वहन गरेउ र निष्ठा र तरलताका साथ हरेक कामलाई सम्पन्न गरेको छाै ”  पाण्डेले भने,  “अहिले  हाम्रो वडाकाे शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि हरेक क्षेत्रमा उल्लेखनीय बिकास भएको छ । पाण्डेले हाल सुनवल-७ का प्राय सामुदायिक बिद्यालयको  गुणस्तरमा पनि वृद्धि भएको बताए ।

पाण्डेले एमालेबाट निर्वाचित जनप्रतिनिधिको राम्रो कामलाई लुकाएर विभिन्न जालझेलपुर्ण झुठो र मिथ्या कुराहरुको प्रचार गरिएको बताए ।

“अहिले निर्वाचित बनाएका जनप्रतिनिधिले केही काम गरेनन् ज्यामिरे-अस्नैया धोस्त भयो, यिनीहरुले बाटो बनाउन चाहेनन् भनेर भनिरहेको अवस्था छ । पाण्डेले भने, “हामीले बाटो बनाउन नचाहेको होइन ! बाटो स्तरीय र एउटा मापदण्ड पूरा गर्नका निम्ति गुणस्तर बाटो बनाउन हामी निर्वाचित भएकै दिन देखि लागेका थियौ । उनले थपे “एसियाली बिकास बैंकले एउटा मापदण्ड पूरा गरेको स्तरिकृत बाटो बनाउन बजेट ब्यवस्थापन गर्ने कुरा थियो त्यसैले हामी पनि एउटा गुणस्तरिय र दिगो बाटो बनाउन तत्पर थियो । बाटोको डिपिआर पनि तयार थियो । तर अन्त्यमा एसियाली बिकास बैंकले पैसा नहाल्ने भएपछी हामीले सामान्य बाटो बनाउन चाहेनौ । किनकी हाम्रो वडामा विभिन्न उद्योगधन्दा कलकारखानाहरुका बढी भारका सवारी साधन यो बाटोमा कुद्ने भएकाले यो बाटोलाई अलि स्तरिय र ब्यवस्थित बनाउन चाहन्थेउ” ।

ज्यामिरे चोक देखि खानेपानी भन्दा अगाडी अनुमानित ८००  मिटर बाटो  निकै स्तरिय बाटो बन्दैछ र हामी त्यो बाटो चुनावको पुर्वसन्ध्या मै सम्पन्न गर्दैछौ । तसर्थ यस्तै यस्त बजेट आउनेक्रम जारी नै छ ।

पान्डेले समयमा ज्यामिरे-अस्नैया सडकखण्डको समस्या समाधान हुने बताए  । setomasi

You might also like