नेपालले आज घरेलु मैदानमा पीएनजीविरुद्ध एकदिवसीय क्रिकेट खेल्दै 

0

 

 

चैत्र ११,काठमाडौं ।
नेपालले आज घरेलु मैदानमा पपुवा न्युगिनी पीएनजी विरुद्ध पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेल्दै छ।  त्रिवि क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ।

दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी(ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो। दोस्रो खेल शनिबार हुनेछ।

युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो। उक्त सिरिजमा नेपालले दुबै खेलमा पीएनजीलाई हराएको थियो।

नेपाली टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पीएनजीविरुद्ध युवा खेलाडीलाई मौका दिने बताएका छन्।malmalafm

You might also like