डिजिटल युग र शब्द एकेडमी एक चर्चा

0

प्रदिप न्यौपाने अहिलेको यूग भनेको डिजिटल यूग भन्ने कुरामा आजको दिनमा कुनै दुई मत रहेन । प्रविधिको प्रयोग नगरि सञ्चालन हुने अहिले कुनै पेशा, व्यवसाय, शोध अनुसन्धान छैनन् भन्दा हुन्छ । डिजिटल प्रविधिको प्रयोगले हरेक क्षेत्र तिब्र गतिमा विकास गरिरहेको छ र यदि हरेक क्षेत्रलाई दिन(दुइ गुना र रात चार गुना गर्नुछ भने प्रविधि अनिवार्य छ । प्रत्येक क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, व्यवसायमा डिजिटल प्रविधिको प्रयोगको माग बढ्दो हुँदाहुँदै पनि सबै देशमा प्रविधिको प्रयोग एकै किसिमको वा समान किसिमले यसले विकास गरिरहेको छैन । मानिसको जीवनलाई सहज र सरल बनाउन आजको दिनमा प्रत्येक व्यक्तिको हात(हातमा इन्टरनेटले ठूलो भूमिका खेलिरहेको छ । विस्तारै कुनै पनि कुराको अध्ययन(अध्यापन भन्ने कुरा भौतिक संस्थाबाट नै गर्नुपर्छ भन्ने कुरालाई इन्टरनेटले चुनौति दिइरहेको छ । आजको दिनमा पहिलो विश्वका विद्यार्थीहरू आफ्ना सम्पूर्ण विद्यालयका गृहकार्यहरू आइप्याडबाट गरेर आफ्नो शिक्षकलाई बुझाउने गर्छन् यदि कुनै कुरा गर्न नसकेको खण्डमा थ्यगतगदभच्यानल मार्फत आफ्नो समस्याको समाधान सजिलै प्राप्त गर्न सकिन्छ । जसरी विकसीत मुलुकका विद्यार्थीहरूले प्रविधिको जसरी उच्चतम प्रयोग गरिरहेका छन् त्यसै कुरालाई ध्यानमा राख्दै बर्दघाट, नवलपरासीबाट सञ्चालनमा आएको यो शब्द एकेडेमी च्यानलले विभिन्न चुनौतीहरूका बावजूत पनि मात्र १ वर्षको अवधिमा लगभग ३५० वटा विभिन्न विषय, संकाय, लोकसेवालाई समेटेर र विद्यार्थीको माग बमोजिम भिडियोहरू निरन्तर ल्याइरहेको छ । यो च्यानलको प्रयोग गर्दा कुनै शुल्क लाग्दैन, आफूले चाहेको समयमा जति पटक पनि दोहोराएयर हेर्न सकिन्छ, आफूलाई सोध्न मन लागेका कुरा सिधै शिक्षकलाई राख्न सकिन्छ र आफूले पढ्न चाहेका विषयहरू ल्याउनको लागि अनुरोध पनि गर्न सकिन्छ ।
यस च्यानल मार्फत बनेका भिडियोहरूले हालसम्म विद्यार्थीहरूलाई परीक्षामा उत्तीर्ण हुन ठूलो मद्दत गरिरहेको छ जसलाई च्यानलमा व्यक्त धन्यवादले पूष्टि गरिरहेका छन् । दैनिक जसो सयौं घण्टा भिडियोहरू हेरिएका छन् र हजारौं विदार्थीहरू यसबाट लाभान्वित भइरहेका छन् । हालसम्म यस च्यानलका नौं हजार सदस्य संख्या छन् र प्रत्येक पल सयौंको संख्यामा विद्यार्थीहरूले भिडियो मार्फत पढिरहेका छन् जुन च्यानल निर्माण गर्ने टोलीको लागि निकै सुखद कुरा हो।
आगामी दिनमा यस किसिमका शैक्षिक भिडियोहरू निरन्तर आउनेछन् र विद्यार्थीका माग बमोजिम यसलाई अगाडी बढानइनेछ ।
विद्यार्थीहरूले यस च्यानलको निस्शुल्क सदस्यता लिक सक्नुहुन्छ र एक पटक सदस्यता लिएपछि आउने नयाँ भिडियोको बारेमा मोबाइलमा जानकारी प्राप्त भइरहने छ । हाल अमेरिका 

You might also like