सैनामैना वडा नं. २ को प्रशासकीय भवनको शिलान्यास

0

 

 

सैनामैना नगरपलिका वडा नं. २ को प्रशासकीय कार्यालयको भवन बिहिवार शिलान्यास गरिएको छ ।  नगर प्रमुख चित्र बहादुर कार्कीले एक कार्यक्रमकाबिच प्रशासकीय भवनको शिलान्यास गर्नुभएको हो ।

वडा नं. २ झारवैरा इन्द्रेणी टोलमा वडा कार्यालय भवन शिलान्यास गरिएको वडा अध्यक्ष कामदेव भुसालले बताउनुभयो । कार्यालय भवन बनाउनका लागि सैनामैना २ निवासी रुद्रप्रसाद गौतम, बाबुराम ज्ञवाली र भिष्मा पराजुलीले जग्गा दान गर्नुभएको हो  । कुल ३ कठ्ठा जग्गामा प्रशासनिक भवनको निर्माण हुदैँछ ।

सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले भवनको शिलान्यास गर्दै नगरले पुर्वधार विकासलाई प्राथमिकता दिएको बताउनुभयो ।  वडाको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएपछि जनताले अझै सहज ढंगबाट सेवा सुविधा लिने बताउनुभयो ।

उहाँले जनताको एकताबद्ध प्रयासले सैनामैना नगरपालिकालाई समृद्ध नगर बनाउने अभियानमा सफलता प्राप्त गरेको बताउनुभयो । नगरपालिका भवन, स्वास्थचौकी भवन, खेलमैदान जस्ता बहुमुल्य जग्गा प्रदान गर्ने जग्गा दातालाई धन्यवाद दिदैँ मेयर कार्कीले भोलिका पुस्तालाई सहज रुपमा समग्र क्षेत्रको  विकास प्रक्रियामा जग बसाल्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रमुख कार्कीले वडा कार्यालय भवन बनाउँदा निमार्णको गुणस्तरमा कुनै पनि सम्झौता नहुने र तोकिएको समयमा काम सक्नुपर्ने बताउनुभयो । उहाँले नगरमा रहेका ११ वटै वडा मध्ये केही वडाहरुको भवन निर्माणकार्य सम्पन्न भइ आफ्नै भवनबाट सेवा संचालन गरिरहेको छ र केही वडामा भने निर्माण कार्य जारी रहेको बताउनुभयो ।
सैनामैना नगरपालिकाको १ करोड ३३ लाख ५० हजार ८ सय ६३ रुपैयाँ वजेटमा वडा कार्यालय भवन निर्माण हुन लागेको हो  ।

वडा अध्यक्ष भुसालले नगरपालिकाले १ करोड ३३ लाख ५० हजार ८ सय ६३ रुपैयाँ लागत अनुमान गरी टेण्डर आव्हान गरेकोमा सिद्धार्थनगर नगरपालिका ८ रुपन्देहीको श्री कुँवर निर्माण सेवाले ८३ लाख ७७ हजार १ सय ४ रुपैयाँमा निर्माण गर्ने कबोल गरेअनुसार निर्माणसम्झौता भएको हो । निर्माण कम्पनिले आगामी २०७९ साल असार २० गतेसम्ममा वडा कार्यालयको निर्माण कार्य पूरा गरिसक्नुपर्ने छ ।

अहिले सम्म सैनामैना २ को उचाडिहवा आमा समुहको भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्दै आएको छ ।

कार्यक्रम वडा नं. २ का वडाध्यक्ष कामदेव भुसालको अध्यक्षताको,सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता, उपप्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारी लगायतको आतिथ्यतामा भएको हो । malmalafm

You might also like