गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन’ उडान सुरु, ३० घण्टा उडान हुने

0

काठमाडौं, फागुन ६ गते । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आजबाट शुरु भएको छ । उक्त उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा बढी उडान गरेर जडित यान्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयnप्राधिकरणले जनाएको छ ।

आजबाट शुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछन् भने शनिबार विदा हुने प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । क्यालिब्रेसन फ्लाइटका क्रममा विहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पुर्ण रुपमा ठप्प हुने कर्णले जानकारी दिनुभयो । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यान्त्रको परीक्षण गर्नु पर्ने भएकाले जहाजको उडान रोक्नु परेको उहाँले बताउनुभयो । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो ।

नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलहरु मध्ये पुर्ण रुपमा यान्त्रित हिसावले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलनै पहिलो रहेको प्राधिकरणले जनाएको छ । फागुन १५ गते उडान सम्पन्नसँगै उक्त रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडानका शुरु हुने प्राधिकरणको जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पछि अन्तराष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुने छ ।gorkhapatra

You might also like