दाउन्नेमा पहिरो खस्यो, बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

0

८ आश्विन

पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरीकार्यलय पूर्वी नवलपरासीका डीसपी मोहोन खाँडले बताए । खाँडका अनुसार दाउन्नेमा ५ ठाउँमा पहिरो गएको छ ।

सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहीबार बिहानैदेखि राजमार्गमा रोकिएका छन् ।

लगातार पानी परेका कारण पहिरो हटाउन कठिनाई भैरहे पनि पहिरो हटाई यातायात सुचारू गराउन पहल भईरहेको खाँडले जानकारी दिए ।

दाउन्ने क्षेत्रको भूगोल अत्यन्त कमजोर रहेका कारण त्यहाँ हरेक वर्षातमा पहिरो खस्ने गर्दछ ।

You might also like