सशस्त्र प्रहरी बल नेपालद्वारा काेभिड १९ सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

0
पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ काे बेलासपुरमा अाज काेभिड १९ सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ ।
बिश्वब्यापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरसलाई नियन्त्रण तथा यसबाट बच्ने उपायबारे अाम जनतामा जनचेतना जगाउने उदेश्यले कार्यक्रम अायाेजना गरिएकाे सशस्त्र प्रहरी बल नेपाल २६ नं. गण हेडक्वाटर बेलासपुरले जनाएकाे छ।
दिनानुदिन बढदै गईरहेकाे काेराेना भाईरसलँाई सबैले अाअाफ्नाे ठाउबाट सचेत भई नियन्त्रण गरिनुपर्ने अावशयक रहेकाे बताईएकाे छ ।
समय समयमा साबुनपानीले हात धुने ,माक्स लगाउने ,अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किने ,सामाजिक दुरि कायम गर्ने लगायतकाे उपाय बारे जनचेतना जगाईएकाे हाे ।
सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको योजनाअनुसार नं.५ प्रदेशभरि रहेका सशस्त्र प्रहरी गणद्धारा COVID-19 सम्बन्धि पर्चा पम्पलेट,माक्स वितरण सहित सचेतना मुलक कार्यक्रम संचालन गर्ने नीति अनुसार श्री सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासीले पनि बेलासपुर चोकमा माक्स वितरण तथा सचेतनमुलक कार्यक्रमको समेत सम्पन्न गरिएकाे हाेे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक ,सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी काेभिड १९बाट बच्ने उपाय बारे प्रकाश पार्नु भएकाे थियाेे।
कार्यक्रममा जनप्रतिनिधि, सामाजिक ब्यक्तित्व, पत्रकार , स्थानिय भद्रभलादमीहरु काे सहभागी रहेकाे बताईएकाे छ ।कार्यक्रममा करिब १४०० थान माक्स तथा पर्चा पम्पलेट वितरण गरिएको थियाे। साथै निकट भविष्यमा समेत यस्ता जनचेतनामुलक कार्यक्रमहरु संचालन समेत गरिने सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले जानकारी दिनुभयो।
You might also like