राष्ट्रिय जनमोर्चा सुनवलको प्रथम सम्मेलन सम्पन्न

0

सुनवलः नेकपा ( मसाल ) सम्बद्ध राष्ट्रिय जनमोर्चा सुनवलको प्रथम सम्मेलन सुनवल– १० गैडाखालमा शनिवार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि राजमो नवलपरासीका अध्यक्ष रेम रानाले संघीयताले देश बिखण्डन गर्ने कुरा सिके रावत काण्डबाट झन पुष्टि भएको बताउदै राजमोको संघीयता बिरोधी मुद्धा सफल भएको दावी गर्नुभयो । सम्मेलन ले शेर बहादुर सुर्यबंसीको अध्यक्षता मा १३ सदस्यीय सुनवल नगर समिति गठन गरेको छ । जसको उपाध्यक्ष सचिब सहसचिव कोषाध्यक्षमा क्रमशः इन्द्र कुमारी रोक्का , धनपती सापकोटा,टिकाराम पौडेल कृष्ण बहादुर अधिकारी चयन हुनुभयो । त्यस्तै मोर्चाको नगर सदस्यहरुमा कृष्ण थापा,देबिराम सरबुजा,नरेन्द्र बि.क. गिरिराज ज्ञवाली,मेघराज गौतम,रेवती घिमिरे,कुशुम बि.क. र बिजय काफ्ले रहनुभएको छ । कार्यक्रम शेर बहादुर सुर्य बंसीको अध्यक्षता कृष्ण अधिकारी को संचालन र इन्दिरा कुमारी रोक्का स्वागतमा भएको थियो । कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका मनरुपा राना, राजमो जिल्ला सचिब तिलक सुवेदी बर्दघाट नगर अध्यक्ष शोभाकान्त लामिछाने ,अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष डिल्लीराज ज्ञवाली,अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष सम्झना सुवेदी,अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कुलराज गौतम,रक्तिम सास्कृतिक अभियान जिल्ला अध्यक्ष मेघराज गौतम अतिथि रहनुभएको थियो । कार्यक्रममा रक्तिम का कलाकार हरुले आफ्ना गित र नृत्य प्रस्तुत गरेर कार्यक्रम लाई रोचक बनाएका थिए ।

You might also like