उपचारका लागि आर्थिक सहयोग गर्न अधिकारी परिवारको अपिल, जन्मदिन मनाउने खर्चबाट दिपेशले गरे सहयोग

जूनियर रेडक्रस सर्कल न्यू लाइफको सक्रियतामा ३१ हजार १ सय २५ संकलन गरि बैङ्कमार्फत प्रदान

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाटस्थित न्यू लाइफ मा.विको कक्षा ५ मा अध्ययरत छात्र सत्यम अधिकारीको उपचारार्थ सहयोग गर्न अभिभावकले अपिल गरेका छन् । काठमाण्डौस्थित कान्ति बाल अस्पतालमा उपचाररत अधिकारीको उपचारमा २० लाख बढी रकम लाग्ने भएकोले उनको परिवारले सहयोगको याचना गर्दै आएको हो । ब्लड क्यान्सरका कारण यस अघि पनि उपचार गराइरहेको र यस पटक २० लाख बढी खर्च हुने भएकोले यति धेरै रकम जुटाउन आफूहरुको आर्थिक क्षमताले नसक्ने भएको हुदाँ सबैसंग सहयोगको लागि अपिल गरेको उनकी आमा सरस्वतीले बताउनुभयो ।

सत्यम अधिकारी
त्यस्तै जूनियर रेडक्रस सर्कल न्यू लाइफ बर्दघाटको सक्रियतामा ३१ हजार १ सय २५ संकलन गरि बैङ्कमार्फत प्रदान गरिएको छ ।
न्यू लाइफ मा.वि बर्दघाटबाट रु. १० हजार डिल बहादुर अधिकारी रु ५,००० प्रज्वल पाण्डे रु. ५ हजार, सर्वोच्च अधिकारी २ हजार १ सय जूनियर रेडक्रस सर्कल न्यू लाइफ बर्दघाट  रु. १ हजार ५ सय पाँच , सन्तोष अधिकारी १ हजार सपना कर्मा १ हजार प्रदान गरेको बताइएको छ । त्यस्तै बिद्यालयका बिद्यार्थीहरुबाट समेत अधिकारीलाई सहयोग गर्ने क्रम बद्धि भइरहेको जनाइएको छ ।
त्यस्तै इजराईलबाट बिभिन्न ब्यक्तिहरुले उनको उपचारार्थ सहयोग रकम संकलन भइरहेको जानकारी पाएको सरस्वतीले जानकारी दिनुभयो ।
त्यस्तै बर्दघाट ४ दिब्यनगर बस्ने दिपेश पाण्डेयले आफ्नो नवौ बसन्त प्रबेशको अवसरमा आफ्नो वचतबाट जन्मदिनको खर्चबाट सत्य अधिकारीको उपचारमा १ हजार रुपैया सहयोग गर्नुभएको छ , नवदिब्य ज्योति प्रावि दिब्यनगरमा अध्ययनरत उहाँले आफ्नो खुत्रुके वचतबाट उक्त सहयोग गरेको उहाँका अंकल रमेश पाण्डेले बताउनुभयो । प्रभु बैक बर्दघाट शाखामा रहेको सत्यकी आमा सरस्वती आचार्यको नाममा राखेको खाता नम्बर ०४७००६८३८०५०००१६ मार्फत पाण्डेले सहयोग गर्नुभएको हो ।

You might also like