क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यलेआफ्नाे बुबाकाे नाममा गरे अक्षयकाेषकाे स्थापना

0

तुलसीपुर । २०७७ साल असार १७ गते निधन भएका बुवा  देबिराम पौडेलको स्मृतिमा छोरा तथा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य हिरामणी दुखीले १,०१६५०/ (एक लाख एक हजार छ सय पचास रुपैयाँ)को अक्षयकोष स्थापना गर्नुभएको छ ।
अाफुले कक्षा ४ देखि ७ सम्म अध्ययन गरेको र स्कुल स्थापनाकाल देखि महत्त्वपूर्ण योगदान पु-याउदै अाउनु भएकोले गुरुजजुर माद्यामिक बिद्यालय रक्षाचौरमा मंगलबार एक कार्यक्रम बिच अक्षयकोष संस्थापक हिरामणी दुखीले  बिद्यालयका प्रधानाध्यापक बिष्णु कुमारी केसीलाई  चेक हस्तान्तरण गर्नु भयो ।
अक्षयकोष हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिदै दुखीले  यस बिद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार बिद्यार्थीहरुलाई  बार्षिक रुपमा छात्रवृत्ति दिदै मृत्यु भएका अाफ्ना अभिभावकको नाम चिरस्थायी हुने भएकोले अक्षयकोष स्थापना गरेको बताउनु भयो । दुखीले अाफु माक्र्सवादी बिचारतर्फ अाबद्द भएको बताउदै सच्चा कम्युनिस्टले अाध्यात्मिक चिन्तन नमान्ने हुदा अाफुले बुवाको धार्मिक काजकिरिया नगरेको बरु त्यसकार्यमा लाग्ने खर्चलाई अक्षयकोषमा राखेर बिद्यालयमा बर्गीयरुपमा उत्पीडित बर्ग, जाति समुदायका उत्कृष्ट छात्रछात्रालाई पुरस्कार दिने ब्यबस्था मिलाउन उचित भएको बताउनु भयो।
अक्षयकोष हस्तान्तरण कार्यक्रमकाे अध्यक्षता समेत गर्नुभएका बिद्यालयका प्रधानाध्यापक बिष्णु कुमारी केसीले अाफ्नो मन्तब्यको क्रममा अक्षयकोष स्थापना गरेर संस्थापक हिरामणी दुखीले निकै महत्त्वपूर्ण कार्य भर्नुभएकोमा हर्षित हुदै धन्यवाद ब्यक्त गर्नुभयो । साथै उहाले दुखीले जस्तै समाजका सबै प्रतिष्ठित ब्यक्तिहरुले यसकार्यलाई अनुसरण गर्नुपर्ने बताउनु भयो
। कार्यक्रममा गुरुजजुर माध्यमिक बिद्यालय रक्षाचौर शिक्षक बिद्यार्थी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम सञ्चालन शिक्षक गोपाल बुढाथोकीले गर्नुभएको थियो ।उक्त कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका सचिव तथा अक्षयकोष सञ्चालक समितिका सदस्य ईश्वरी प्रसाद गैरेको  विशेष उपस्थिति थियोे ।

मुलबाटो

You might also like