कान चनाखो बनाउ- आँखा जागै राखौं

0

हेम खड्का

  •  

    सुशासन , बिकास र समृद्धिका लागि दिएको जनमतको आज उपेक्षा भएको छ,  देश अस्थिरता तिर जादै छ , अस्थिरता बिचमै शक्तीकेन्द्रका आडमा रास्ट्रघाती सम्झौता हुँदै छ , नेपाली जनता mcc को विपक्षमा छ्न, सडकमा स्वतन्त्र आन्दोलन सुरु हुन थालेका छ्न तर यसलाई सरकार गणतन्त्र बिरोधि भन्दै जनताको ध्यान त्यता मोडेर mcc कार्यन्वयन गराउन अर्को प्रपन्च रच्दै छ भने बिदेशी शक्तिकेन्द्रबाट परिचालित नेताहरु जसरी पनि आफ्ना साम्राज्यवाद र बिस्तारवादको बिश्वासिलो एजेण्ट भएको प्रमाणित गर्नु लागिरहेका छन । त्यसैले अबको केही दिन हाम्रा कानहरु चनाखो राखौं , आखाहरु जागै राखौं , रासट्रीय दलाल र एकछत्रीय साम्राज्यवादका एजेण्टहरुलाई गाउँ सहरबाट लखेटौ ।

पटकपटक कमिसन र भ्रष्टाचारको ईतिहास रच्न सफल  दलाल, तस्कर र बिचौलियाको घेराभित्र रहेको सरकारले लकडाउनकै बेला  सुकुम्बासी आयोग गठन गर्यो त्यो आयोगमा तपाईंका जिल्लाबाट जाने संयोजक र सदस्यहरु भुमिहिन र सुकुम्बासी हुनेछ्न कि केन्द्रमा जस्तै राजनीति नियुक्ति लिएका हुनेछन ।विवरण जुटाउनु छ, भुमिहिनहरुले खबरदारी गर्नु छ कतै भु-माफियाका लागि यो अर्को पेशा नबनोस, सुकुम्बासीको नेतृत्व गर्ने गगनचुम्बी महलका सुकिला सुटमा सजिएकाहरुले भुमिहिन माथी शिकार गर्लान् ।भुमिहिनका नाममा हिजो नाम लेखाएका  मन्त्रीहरु आज सत्तामा छ्न , कम्युनिस्ट पार्टीका शक्तिशाली नेता छन, नितिगत भ्रष्टाचार गर्न सिपालु उनिहरुले यसको सीप सिकेकै हुनुपर्छ , यसर्थ तपाईंहरु एकपटक जुट्नु छ, भु माफिया र जमिन तस्करको नाकामा सेण्ट्री बस्नपर्ने छ ।दलाल तस्कर र बिचौलियाहरुको राम्रो पहिचान गरौं र सफाया गरौं , किनकि जालसाझ गरेर यिनिहरुले अपाराधलाई संरक्षण गरिरहेका छ्न , यस्तो मौका फेरि नदिउ ।

कयौं अपराधी खुल्ला रुपमै धम्की दिदै हिडेका छन् , हजारौं निर्मलाहरुले न्याय पाएनन् , बिहान समातेको सुन तामा हुन्छ , भ्रष्टाचार र कमिसनको खुल्लम खुल्ला छलफल गर्दा पनि सरकार संरक्षण नै गरिरहन्छ ।स्वास्थ सामाग्री मा भ्रष्टाचार , कोरोना कहर मा १० अर्ब खर्च गरेको सरकारको बिरोध यति नै कुराले हैन , mcc जस्तो रास्ट्रघाती सम्झौता बिरुद्ध नेपाली जनता एक भएर उठेको छ । भ्रष्टाचार र झण्डै ३ दर्जन भन्दा बढी विधेक र निर्णय गर्ने र निर्णय बाट पछी हटेको काण्डले सरकार लुलो मात्रै भएन जनताको नजरमा निरीह बन्यो र पनि सरकार सुध्रिन तिर हैन जनआबज दबाएर अघि बढ्न थाल्यो । त्यसैले जनता आफ्नो जनादेश लिएर सडक र सदन घेर्न निस्कदै छ्न ।
अब जनताको यहि अदालत हो जनादेशले दलालहरुलाई कारबाही सुरु गरौं । कान चनाखो राखौं आँखा जागै राखौं !

Mirmire online

You might also like