‘प्राज्ञ प्रतिष्ठानको स्वायततामा ध्यान देउ’

'प्राज्ञिक क्षेत्रले सयौ विचारहरुलाई फुल्न दिदाँ त्यो प्रज्ञा प्रतिष्ठानको गरिमा स्वतः बृद्धि हुन्छ ।'

0

नेपालमा संघीयता पछि तीन तहको सरकार छ । तीनै तहमा प्राज्ञिक क्षेत्रको काम गर्न प्राज्ञ प्रतिष्ठानहरु गठन गरिरहेका छन् । संघीय , प्रादेशिक मात्र होइन स्थानीय तहका समेत प्राज्ञ प्रतिष्ठान गठनले तीब्रता पाउदै आएको छ । यसको स्वायतता बारे भने प्राज्ञिक क्षेत्रमा अनेकन विचारहरु छन् ।
केन्द्रमा नेपाल प्रज्ञा–प्रतिष्ठान छ ।  नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी गरेर पाँच वटा क्षेत्रमा यसले गर्दै आएको छ ।
बिभिन्न क्षेत्रको अध्ययन अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान एवं प्रतिभाहरुको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न प्रतिष्ठान गठन गर्ने प्रचलन पंचायत भन्दा अघि देखि कै हो ।
प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा भएको थियो । नेपालमा गणतन्त्रको स्थापना भएपछि साविक राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत, नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था निम्न विधामा प्राज्ञिक कार्य गर्ने उत्तरदायित्वका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ द्वारा सङ्गठित छ ।
अब स्थानीय तहमा प्रज्ञा प्रतिष्ठानको अभ्यास शुरु भएको छ । भरत महानगरपालिकाले गतबर्ष नै यो प्रष्तिष्ठान गठन गरेर संचालन गरिरहेको छ । देशैभर स्थानीय तहले प्रज्ञा प्रतिष्ठान गठन गर्ने लहर जस्तै नै संचालन गरिएका छन् । कतै नगर प्रमुख, उपप्रमुखलाई कुलपति उपकुलपति बनाएर प्राज्ञ प्रतिष्ठान गठन हुदै आएको छ भने कतै प्राज्ञिक बौद्धिक ब्यक्तित्वले यसको नेतृत्व गर्दै आएको पाईन्छ । पालिकाहरुमा गठित प्रतिष्ठानमा जन प्रतिनिधिहरु नै प्राज्ञ सभामा रह्ने खराब अभ्यासहरु समेत देशका बिभिन्न तहका प्रज्ञा प्रतिष्ठानमा देखिएको छ ।
सङ्घीय व्यवस्था र विकेन्द्रीकरण अनुसार भने हरेक पालिकामा यस्ता सिर्जनशिल संस्था हुनु राम्रो पक्ष हो । उल्लेखित खराब अभ्यासहरुबाट तीनतहको सरकार र तत् सरकारमा रहेका राजनैतिक दल, उही र उस्तै विचार बोक्ने अर्काे दल र ती दल निकटका गैर प्राज्ञिक ब्यक्तिहरुलाई प्राज्ञको पगरी गुथाइदिएको देखिन्छ । यसले अध्ययन अनुसन्धानको पाटो ओझेलमा पर्ने अवस्था आउन सक्छ । त्यति मात्र होइन विचारहरुको बन्ध्याकरण हुन जाने खत्तरा समेत रहन्छ । प्राज्ञिक क्षेत्रले सयौ विचारहरुलाई फुल्न दिदाँ त्यो प्रज्ञा प्रतिष्ठानको गरिमा स्वतः बृद्धि हुन्छ । यस्ता फराकिलो सोंच राखियो भने मात्र प्राज्ञ प्रतिष्ठानको स्वायतताको गरिमा बच्ने छ । नत्र सत्ता र ब्यवस्थाभित्रको चाटुकारका रुपमा प्राज्ञहरुको तेजोबध हुन्छ जान्छ । यस्ता खराब अभ्यासहरुबाट प्राज्ञिक क्षेत्र बच्नु पर्दछ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका प्रज्ञा प्रतिष्ठान गठन गर्नेमा जिल्लामै अगाडि दह्रिएको छ । प्रतिष्ठित ब्यक्तित्व डा.घनश्याम न्यौपाने परिश्रमीले यसको नेतृत्व गर्दै आएका छन् । शुरुवाती चरणमा यसका क्रियाकलाप तीब्र भएका पनि छन् । यसले आकार ग्रहण पनि गरिसकेको सन्र्दभमा देशैभर भएका खराब प्रयोग बाट सिकेर असल अभ्यास गर्दै स्वायततामा ध्यान दिनु आवश्यक छ । – बर्दघाट पोष्ट दैनिकको सम्पादकीय विचारबाट

You might also like