मालपोत कार्यालय परासीको सेवा बुधबार देखि नयाँ भवनबाट

0

साउन १५-
भुमिसुधार तथा मालपोत कार्यालय पश्चिम नवलपरासीले बुधबार देखि आफ्नै भवन मार्फत सेवा सुचारु गरेको छ । नवनिर्मित भवनमा व्यवस्थापनका लागी सो कार्यालयको सेवा विगत ११ दिन देखि बन्द थियो ।  बुधबार देखि नयाँ भवन बाट सेवा शुभारम्भ गरिएको कार्यालयका निमित्त प्रमुख बेल प्रसाद भण्डारीले बताउनुभयो । भवन निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि कार्यालय भने भाडाकै भवनमा संञ्चालन हुदै आएकोमा बुधबार बाट भने नवनिर्मित भवन बाटै सेवा सुचारु गरिएको हो ।

‘‘आज बिहान पुजापाठ गरि नयाँ भवन बाट सेवा सुचारु गरेका छौ, अझै पनि धेरै व्यवस्थापन बाँकि नै छ भण्डारीले रेडियो परासी संग भन्नुभयो । भाडाको भवनमा काम गर्दा निकै साँघुरो भएका थियो अहिले धेरै व्यवस्थीत छ सेवाग्राहिलाई पनि सहज भएको उहाँले बताउनुभयो ।

मालपोत कार्यालयका लागी निर्माण गरिएको भवन चार तलाको छ जस मध्ये तिन तला कार्यालय प्रयोजनका लागी प्रयोग गरिएको छ भने एक तलामा आवास रहेको छ । एक वर्ष अगाडी नै निर्माण सम्पन्न भएपनि कार्यालय ढिलो गरि मात्रै नयाँ भवनमा सरेको हो । सो भवन शहरी विकास मन्त्रालय अन्र्तगत चार करोडको लागतमा निर्माण भएको हो । यसैविच प्रभु बैंकले मालपोत कार्यालय परासीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । एक्स्टेन्सन काउण्टरको मालपोत कार्यालयका निमित्त प्रमुख भण्डारी र प्रभु बैंकका प्रदेश ५ प्रमुख सुवास कुंवरले संयुक्त रुपमा आज उद्घाटन गर्नुभयो ।

Radio parasi

You might also like