पश्चिम नवलपरासीमा तस्करी मौलाउदैं

करिब ५० हजार बराबरको प्लास्टिकको रस्सी नियन्त्रण

0

सहबान अन्सारी
प्रतापपुर – कोरोना रोकथाम तथा नियन्त्रणका लागी सिमानाकामा सय÷सय मिटरमा सशस्त्र प्रहरी परिचालन भएपनि खुल्ला रुपमा तस्करी भइरहेको पाइएको छ ।
यसै क्रममा बुधवार गुठी परसौनी प्रहरी चौकी ईन्चार्ज घनश्याम रिमालको नेतृत्वमा खटिएको टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवामा भारतबाट अबैधरुपमा ल्याउदै गरेको करिब ५० हजार बराबरको प्लास्टिकको रस्सी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताउनुभयो ।
नियन्त्रणमा लिएको रस्सी आवश्यक कारवाहीकोलागी भन्सार कार्यालय महेशपुर पठाउने प्रहरीले जनाएको छ ।
जिल्लाको सबै सिमानाकामा मानिसहरुलाई आवत जावतमा पुर्ण रुपमा रोक लगाइएपनि सशस्त्र प्रहरीको उपस्थितिमा तस्करी भइरहेको पाइएको छ ।
तस्करहरु दिनहुँ खुल्ला रुपमा युरिया मल, चिनी, किटनाशक औषधी, बिभिन्न किराना सामानहरु नेपाल प्रवेश गरी महगो मुल्यमा बिक्री बितरण गरिरहेको स्थानीय बताउछन ।

You might also like