थाईराईडको उपचार गर्न गएकी महिलाको कोरोनाले मृत्यु

0

भक्तपुर भदौ १० ।

सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको गए राति मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको वडाध्यक्ष किरण थापाले जानकारी दिए ।

गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । थाइराइडको उपचारका लागि गएकी ती महिलामा अस्पतालमै संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।नेपालमा कोरोनाका कारण निरन्तर मृत्यु हुने क्रम बढीरहेको छ ।

Mirmire online

You might also like