कार्लमाक्र्स क्युबा र कोरोना

0

– भरत पोखरेल

माक्र्सको आज २०२ औं जन्म जयन्ती । माक्र्सवादी सिद्धान्तले लैस रुसको बोल्सेभिक पार्र्टीको नेतृत्वमा सन १९१७ अक्टोबर क्रान्तिको ५० वर्ष पछि विश्वमा २९ वटा समाजवादी सरकार बने । अक्टोबर क्रान्तिको १०० वर्षपछि २१ औं सताब्दीमा विश्वमा थोरैमात्र समाजवादी सरकारहरू अस्तित्वमा रहेका छन त्यसमध्येको एउटा क्युबाको सरकार अझै समाजवादी बाटोमा बढिरहेको छ । फिडेल काष्ट्रो सत्तामा आएपछि अमेरिकाले सन १९६० बाट क्युबालाई आर्थिक प्रतिबन्ध लाउँदै आएको छ । ओबामाले क्युबा–अमेरिका सम्बन्ध केही सुधार गर्ने प्रयास गरे पनि ट्रम्पले त्यसलाई बिगारीरहेका छन । चीनको आठौं ठूलो सहर उहानको १ करोड १० लाख जनसंख्या जत्तिनै क्युबाको जनसंख्या रहेको छ र क्युबामा डाक्टरहरूको संख्या ९५ हजार छ जहाँ १,००० जनामा एक डाक्टर अनुपात हुन्छ । सन १९६० देखि अहिलेसम्म क्युबाले ६ लाख स्वास्थ्यकर्मी १६० देशमा पठाएर सेवा दिएको छ । क्युबाका ५५ हजार स्वास्थ्यकर्र्मी ६७ देशहरूमा कार्यरत छन । क्युबाका विदेशमा कामगर्ने स्वास्थ्यकर्र्मीहरूले क्युबालाई वार्षिक ६ बिलियन अमेरिकी डलर आम्दानी गराउँछन ।

क्युबाका स्वास्थ्यकर्र्मीहरूको विश्वमा भएको स्वास्थ्य समस्यामा सहयोग गर्ने परम्परा रहिआएको छ । फिडेल काष्ट्रोले गठन गरेको सेता कोटका सेनाले समस्याग्रस्त क्षेत्रमा काम गरेका छन । हैटीको हैजा र पश्चिम अफ्रिकाको इबोला निर्मूल पार्न क्युबाका डाक्टरहरू नै अग्रपंक्तिमा थिए । बोलिभिया, इक्वीडोर र ब्राजिलमा हजारौंको संख्यामा क्युबाली डाक्टररू कार्यरत थिए । अमेरिकाको दबाबमा सन २०१८ मा ती देशले क्युबाली डाक्टर फिर्ता पठाए । अहिले कोरोना भाइरसको बेला ती डाक्टर फेरि पठाइदिन अनुरोध गरिरहेका छन । कोरोना संक्रमणका बेला सहयोग गर्न चिनियाँ अलिबाबाका संस्थापक ज्याकमाले क्युबा, क्यारेबियन र दक्षिण अमेरिकी २३ देशहरूलाई २० लाख मास्क, ४ लाख टेस्ट किट्स, १०४ भेन्टिलेटर पठाउन कोलम्बियाली एभिएन्का एअरलाइन्सले चीनमा सामान लोड गरी ठीक्क पारेका थियो तर अमेरिकीहरूको मुख्य शेयर रहेको सो एअरलाइन्सले अमेरिकाको दबाबमा उक्त सामग्री पु¥याउन अस्वीकार ग¥यो । क्युबाले स्वास्थ्य सेवामा भेनेजुएलालाई सहयोग गरेको भनेर अत्तो थाप्यो ।
कोराना भाइरस (कोभिड–१९) ले सबैभन्दा बढी असर गर्ने देश इटाली पनि एक हो । इटाली सरकारले क्युबाली राष्ट्रपति मिगुएल डायज–क्यानेल बर्मुडेजसँग स्वास्थ्यकर्मीको सहयोग माग्यो । मार्च २१, २०२० मा इटालीको सबैभन्दा कोरोना प्रभावित क्षेत्र लोम्बार्डीमा सहयोगका लागि ५३ डाक्टर र नर्सहरूको टोली हवानाबाट उडान गर्दै मिलानको मालपेन्सा एअरपोर्टमा ओर्लियो । क्युबाली स्वास्थ्यकर्मीहरूले लोम्बार्डीमा रातदिन खटेर काम गरे ।
विश्वमा कोरोना भाइरस (कोभिड–१९) को महाव्याधि चलिरहँदा समाजवादी देशहरू बाहेक अरु कुनै पनि देश अर्र्को देशको सहयोगका लागि गएका छैनन । चीन र क्युबाका स्वास्थ्यकर्मीहरू ५९ देशहरूमा यो बेलामा कार्यरत छन । संकटको बेलामा स्वास्थ्य समस्या समाधान गर्ने क्युबाको लामो अनुभव छ । अहिले कार्ल माक्र्सको जयन्ती मनाउने बेलामा विश्व कोरोना संकटले ग्रस्त छ । उदारवादी, नवउदारवादी विचारका व्यक्तिहरू पनि अब विश्व प्रजातान्त्रिक समाजवादको रहने भन्न थालेका छन । पुँजीवादीहरू माक्र्स पढ्न थालेका छन । विश्वमा माक्र्सवादी समाजवादको बहस चल्न थालेको छ । माक्र्सको सान्दर्भिकता फेरि विश्वभरि टडकारो रूपमा बढेको छ । moolbato

You might also like