अखिल (क्रान्तिकारी) का प्रदेश संयोजक सहित ३ जना गिरफ्तार

0

नवलपरासी – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश संयोजक नबीन खड्का सहित ३ जनालाई ईलाका प्रहरी कार्यालय बर्दघाटले गिरफ्तार गरेको छ । अखिल (क्रान्तिकारी)ले हाल ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गरिरहेको छ ।
अभियानको क्रममा बर्दघाट नगरपालिकाको पर्खालमा ‘दलाल संसदिय व्यवस्था मुुर्दावाद’ ‘ सेनेटरी प्याडमा गरिएको भष्ट्राचार मुर्दावाद’ जस्ता नाराहरु लेख्ने क्रममा उनीहरु गिरफ्तार परेका हुन् । नारा लेख्ने क्रममा नगरपालिकाको नगर प्रहरीले उनीहरुलाई हस्तक्षेप गरेका थिए । नगर प्रहरीको हस्तक्षेप पश्चात नगर प्रहरी र अखिल (क्रान्तिकारी)का विद्यार्थीहरुबीच केही बेर तनाब भएको थियो ।
पक्राउ पर्नेमा केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक खड्का सहित केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सहसंयोजक ईन्दु वली र केन्द्रीय सदस्य तथा सहसंयोजक मनोज थापा रहेको अखिल (क्रान्तिकारी)का नवलपरासीका संयोजक सन्देश सापकोटाले जानकारी दिनुुभयो ।

You might also like