नवलपरासी उद्योग बाणिज्य संघद्धारा जिल्लाका सबै स्थानीय तहलाई १० क्विन्टलका दरले चामल प्रदान

नवलपरासी २९ चैत्र – पश्चिम नवलपरासीस्थित नवलपरासी उद्योग बाणिज्य संघले जिल्लाका सबै स्थानीय तहलाई राहत वितरणमा सहयोग स्वरुप १० क्विन्टल चामल प्रदान गरेको छ ।

संघका अध्यक्ष केशव भण्डारीका अनुसार संघले कारोनाका कारण भएको लकडाउनले विपन्न परिवारको जिविकामा असर पारेकोले संघले आफ्नो सामाजिक उत्तरदायित्वमा रहेर सातैवटा स्थानीय तहलाई प्रत्येक स्थानीय तह दश दश क्विन्टल चामल प्रदान गरेको हो ।

जस अन्तरगत शनिवार बर्दघाट नगरपालिका सहित सुस्ता ,प्रतापपुर र सरावल गाउपालिकालाई सो राहत सामाग्री दिइएको उहाँले बताउनुभयो ।

You might also like