आगामी १० वर्षमा नेपालका ९० प्रतिशत विरामी जंकफुडबाट

0
काठमाडौं – आगामी एक दशकमा नेपालका ९० प्रतिशत विरामी जंक फुडका कारण हुने चिकित्सकहरुले बताएका छन् । मेडिकल हल, स्थनीय स्वास्थ्य केन्द्रहरु, स्वास्थ्य चौकीहरु, क्षेत्रीय अस्पतालहरु र नर्सिङ होम तथा मेडिकल कलेजहरुमा आउने अधिकांश ग्यास्ट्रिकका विरामीहरु जंक फुडका कारण हुने गरेको चिकित्सकहरु समान राय छ । घरमा बनाइने खानाहरुलाई केटाकेटीहरुले मन नपराउने र बजारीया खानाका परिकारहरु अत्यधिक प्रयोग गर्ने गरिएकाले अबको एक दशकमा नेपालमा अत्यधिक जंक फुडका विरामीहरु देखापर्ने छन् ।
घरघरमा फ्रिजहरु राख्ने र घरमा बनाइएका परिकारहरु पनि हप्तौंसम्म तिनै फ्रिजहरुमा राखेर खाने गरिएकाले पनि ती खाना जंक फुडभन्दा कम खतरनाक हानिकारक रहेका छैनन् । चिकित्सकहरुका अनुसार घरमा युवायुवतीहरु नहुने कोही जागीर त कोही परदेश जाने गरेकाले पनि बूढाबूढीहरुले समेत जंक फुडको सहारा लिई बाँचेको देखिन आएको छ । चाउचाउ उमाल्यो खायो, चाउमिन बनायो खायो, बजारिया रोटी ल्यायो खायो भन्ने जस्ता कुराहरु आजभोलि बूढाबूढीहरुबाट समेत दिनचर्याका कुराहरुमा सुनिने गरिएको छ । यो निकै दुखद कुरा हो ।यो वर्षको दसैं र तिहारमा धेरैले बजारीया सामानहरु प्रयोग गरे । घरमा धेरैले खानाका परिकारहरु नै बनाएनन् । चाडपर्वमा किनिएका यी जंक फुडहरु तीनचार महिनासम्म स्टोर गरेर खाने गरिन्छ । आफैमा यी जंकफुड, खान नहुने विभिन्न रङ, पेन्टको रङ तथा नकुहिउन् भनेर प्रयोग गरिएका रसायनहरु आदिले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । खाना पकाउने कोही पनि छैनन् भन्दै बजारमा रेडीमेड कुराहरु लिएर घरमा खाने प्रचलन पनि निकै बढेर गएको छ । ससाना विद्यार्थी नानीहरुका लागि ‘टिफिन’ वा दिउँसोको नास्ता त यी जंकफुड नै हने गरेका छन् । रोइरहेका बच्चाबच्ची फकाउन पनि चाउचाउ, क्याटबरी, चिजबल, किन्डरज्वाय, चोकोपन, चोकोपाइ, लेज, कुर्कुरे, चिप्स, चटपटे, पानीपुरी आदि किनिदिएर फकाउने चलन रहेको छ । यी सबैले ग्यास्ट्रिकसम्बन्धी समस्या निम्त्याउने गरेका छन् । moolbato.com
You might also like