शरीरमा चार वटा मृगौला रहेका प्रधाानमन्त्री ओलीले झन तरुण भएको, जुंगा कालो आउन थालेको नेपाललाई सुनाए पछि……

0

२४  कार्तिक,काठमाण्डौं । १२ बर्षको अवधिमा २ पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओली बोल्न भाषण गर्न , हिँडडुल गर्न अझै तगडा देखिन्छन् ।
उनी अनेकौ बैठक, उद्घाटन, भेटघाटमा व्यस्त छन् । अहिले उनको शरीरमा चार वटा मृगौला रहेको छ ।
उनको पहिलो मृगौला असफल भए पछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा बुहारी नाता पर्ने महिलाले मृगौला दिएर फेरिएको थियो । त्यो मृगौलाले काम गर्न छाडे पछि २०७६ फागुणमा शिक्षण अस्पतालमा उनले भाञ्जी नाता पर्ने युवतीको मृगौला प्रत्यारोपण गराएका छन् ।
थाईल्याण्ड, सिंगापुर जस्ता देशहरुमा समेत पटक पटक उपचार गरे पनि ठीक नभए पछि उनको मृगौला प्रत्यारोपण गरिएको थियो ।
उनलाई धेरैले फेरिएको मृगौलाले काम नदिने र धेरै समय बाँच्दैन भन्ने कल्पना गर्दथे । उनी आफै पनि भाषण गर्दा अरुले म मरिहाल्छ भन्ने सोचेको तर आफू अहिल्यै नमर्ने बताउदै आएका थिए ।
नभन्दै बालुवाटारमा सहयोगी सल्लाहकार, सुरक्षागार्ड समेतलाई कोरोना हुँदा पनि उनलाई कोरोनाले छोएन । परीक्षण रिपोर्ट नेगेटिभ आयो ।
अहिले पार्टी भित्र अल्पमतमा परेको अवस्थामा पनि एक्लै भीडिरहेका छन् । गतिविधि गरीरहेका छन् । अन्य नेतालाई चुनौती दिईरहेका छन् ।
यही मेसोमा पार्टी भित्र परेको अन्तरविरोधमा आफू बहुमतमा पुग्ने उपाय खोज्न उनले आईतबार वरिष्ठ नेता माधव कुमार नेपाललाई बोलाए । त्यस छलफलमा नेपालका साथ अन्य नेता पनि गएकाले धेरै कुरा नराखी पूर्व एमाले एक ठाँउमा उभिनु पर्यो भन्ने प्रस्ताव राखे ।
यसमा नेपालले विभिन्न धारणा राखे । यसैबीचमा प्रधानमन्त्रीले एका एक व्यक्तिगत प्रसंगहरु झिके आफ्नै स्वास्थ्यका बारेमा ।
उनले मृगौला प्रत्यारोपण पछि आफू अझै तरुण भएको, जुंगा समेत कालो आउन थालेको र हाछ्यु पनि नआएको प्रसंग सुनाए । पहिला सेतो उम्रिने जुंगा पनि अहिले त कालो भएर उम्रन थाल्यो के भएर हो ? भनेर उनले सुनाए पछि उपस्थित नेताले मन्द मुस्कान छरेका थिए ।
यसका बाबजुद आफ्नो अडानमा स्पष्ट रुपले कायम रहने छवि बनाएका नेता नेपालले पार्टी अप्ठ्यारो अवस्थामा आएको भन्दै यसको जिम्मेवारी ओलीले नै लिनु पर्ने सन्देश दिए ।
यो जुंगा र तरुणको प्रसंगलाई पार्टी भित्रका केही नेताहरुले राजीनामा मागिरहेको प्रसंगलाई चुनौती दिन उठाएको अड्कल काटेका छन् ।
स्वास्थ्य आदि कारणले राजीनामा दिन विपक्षी नेताहरु, पार्टी भित्रकै नेताहरुले पनि राजीनामा मागे पनि कुनै हालतमा राजीनामा नदिने बरु, पार्टी विभाजन, अविस्वासको प्रस्ताव सबै सामना गर्ने नीति ओलीले अख्तियार गरेका छन् ।
आफै अध्यक्ष हुँदा हुँदै पनि संस्थागत रुपले स्थायी समितिले गरेका निर्णयहरु ओलीले मानेका छैनन् । मदन भण्डारी फाउन्डेसनका नाममा ओली पक्षले आफ्नो गतिविधि गरीरहेकै छ । त्यो गतिविधि रोक्ने स्थायी समितिले निर्णय गरेको थियो ।
ओलीले आफू तगडा रहेको सन्देश दिएर राजीनामा माग्नेहरुलाई चुनौती दिएको अर्थमा अहिले नेकपा भित्र चर्चा शुरु भएको छ ।

मिर्मिरे अन्लाईन

You might also like