महिला हिंसा र बलात्कारका घटनामा संलग्न अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्न अनेमसंघ (क्रान्तिकारी)को जोडदार माग

0

काठमाडौं । जेठ ३२ गते कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी एक महिलामाथि क्वारेन्टाइन व्यवस्थापनमा खटेका स्वयम्सेवकद्वारा भएको सामुहिक बलात्कारको घटनाले संगठनलाई स्तब्ध बनाएको उल्लेख गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले महिला हिंसा र बलात्कार गर्ने अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ । संगठनकी केन्द्रीय अध्यक्ष अम्बिका मुडभरीले सोमबार एक वक्तव्य जारी गरी यस्तो माग गर्नुभएको हो ।

नेतृ मुडभरीले जारी गरेको वक्तव्यमा भनिएको छ, “यही जेठ ३२ गते कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी एक महिलामाथि क्वारेन्टाइन व्यवस्थापनमा खटेका स्वयम्सेवकद्वारा भएको सामुहिक बलात्कारको घटनाले हाम्रो संगठनलाई स्तब्ध बनाएको छ । सरकारद्वारा व्यवस्थापन गरिएका क्वारेन्टाइनभित्रै यस्ता जघन्य अपराध हुनुले सरकारी व्यवस्थापनप्रति गम्भिर प्रश्न खडा भएको छ । लकडाउनसँगै कैलाली लगायत देशैभर बढेको महिला हिंसा, बलात्कारका घटनाप्रति हाम्रो संगठनको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ । हाम्रो संगठन कैलाली लगायत देशैभर भएका महिला हिंसासम्बन्धी घटनाको घोर भत्र्सना र कडा शब्दमा निन्दा गर्दै महिला हिंसा तथा बलात्कारका घटनामा संलग्न अपराधीहरुलाई कडाभन्दा बडा कारबाही गर्नका निम्ति राज्य प्रशासनसँग जोडदार माग गर्दछौं ।”mool bato

 

You might also like