बाल्मिकी मावि पूर्नबासमा बिदाई तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

0

कृष्ण ढकाल
बर्दघाट – बाल्मिकी माध्यमिक विद्यालय बर्दघाट–१, पुनवासका प्रधानाध्यापक क्षेत्र बहादुर थापाले शुक्रवार एक बिशेष उपस्थितिका बीच आफ्नो पदभार हस्तान्तरण गर्नु भएको छ । आफ्नो पेशावाट अनिवार्य शैक्षिक अवकाश हुनु भएका थापाले आफुले सम्हाल्दै आएको जिम्मेवारी जेष्ठताका आधारमा सहपाठी तारा बहादुर कुवंरलाई प्रदान गर्नुभएको हो ।
सो अवसरमा विद्यालयका भू.पू. अध्यक्षहरु लगाएत विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थिया्े । सो अवसरमा आफुले अहिले सम्म गरेका कामहरु र अब गर्नु पर्ने कार्यका वारेमा उपस्थित सबैलाई जानकारी गराएर विद्यालयको पहिलो चरणको पञ्च वर्षे रणनीति अर्थात २०७२ साल देखि २०७६ साल सम्मको प्लान पुरा गरी आगामी पञ्च वर्षे अर्थात २०७७ देखि २०८१ सम्मका लागि आफुले तयार गरेको प्लान समेत हस्तान्तरण गरेको आजवाट नै विदाई लिनु भएका थापाले जानकारी दिनु भयो ।

यसै विच शुक्रवार नै प्रधानाध्यापक क्षेत्र बहादुर थापालाई विद्यालयका शिक्षक,कर्मचारीहरुले विदाई गर्नुका साथै प्रधानाध्यापक पदको जिम्मेवारी लिनु भएका शिक्षक तारा बहादुर कुवंरलाई स्वागत समेत गरेका छन् ।

You might also like