वडाध्यक्ष धुब्र थारुले घरभाडा नलिने 

0

रवि पाण्डेय

जिमिरेभार १० चैत्र-  बर्दघाट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धुब्र थारुले जिमिरेभारस्थित आफ्नो घरमा घरभाडामा बस्ने ब्यवसायीहरुलाई कोरोना अवधि भरका लागि घरबहाल छुट दिने घोषणा गर्नुभएको छ । उहाँको घरमा रहेको १० वटा कोठा घरभाडामा छन्  । ती सबै  कोठामा रहेका सबै ब्यवसायी तथा घरबहालमा बस्नेलाई कोरोना अवधि भर भाडा नलिने उहाँले बताउनुभयो । राष्ट्रलाई परेका बेला नै गर्ने हो अन्य अवधिका समाजसेवी भनेर टोपल्ने होइन –थारुले भन्नुभयो – एकबर्ष संक्रमण हट्ने भने पनि छुट दिन्छू ।

You might also like