कांग्रेसद्वारा १ सय ७५ क्विन्टल चामल हस्तान्तरण

0

नवलपरासी – नेपाली कांग्रेस नवलपरासीले सात वटा स्थानीय तहलाई २५–२५ क्वीन्टलका दरले निःशुल्क चालम प्रदान गरेको छ । आइतबार कांग्रेस जिल्ला कार्यसमिति र नेपाल तरुण दल नवलपरासीले सात वटै स्थानीय तहमा पुगेर २५ क्वीटलका दर चामल उपलब्ध गराएको कांग्रेसका नेता एवम् संबिद्यानसभा सदस्य बिक्रम खनालले जानकारी दिनुभयो ।
कांग्रेसले नगरपालिका र गाउँपालिकालाई उपलब्ध गराएको चामल स्थानीय तहले लकडाउनका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई तिवरण गर्ने तरुण दलका अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिनुभयो । नवलपरासी कांग्रेसका कार्यवहाक सभापति अर्जुनकुमार पोखरेल र तरुण अध्यक्ष गुरुङको नेतृत्वमा चामल वितरण गरिएको हो । चालम वितरण कार्यक्रममा कांग्रेसका नेता देवकरण जयसवाल पनि रहेको बताइएको छ । कांग्रेसले बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, रामग्राम नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका र पालिनन्दन गाउँपालिकालाई चामल दिएको हो ।

You might also like