गाउंपालिका अध्यक्ष थापामगरमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र

0

बुटवल २० जेष्ठ
रुकुम र रुपन्देहीमा भएका घट्नाको विरोध गदैं कालीगण्डकी गाउंपालिका स्याङजाका अध्यक्ष खिमबहादुर थापामगरमार्फत आज गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

समानताको लागिहाम्रो प्रयास(ओपेक)काअध्यक्ष देबेन्द्र विश्वकर्मा,दलित साझामञ्च कालिगण्डकी गाउं समितिअध्यक्ष दिपक प्रकाश घेले र स्वतन्त्र दलित उत्थान समिति कालीगण्डकीका उपाध्यक्ष मनिश्वर परियारको नेतृत्वमा गएको प्रतिनीधि टोलीले अध्यक्षथापामार्फ गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएकाहुंन् ।लगडाउनकाबीच सामाजिक दुरी कायम गरि धर्नापश्यातउनीहरुले उक्त ज्ञापनपत्र बुझाएकाथिए । ज्ञापनपत्र बुझ्दैं गाउंपालिकाअध्यक्षथापाले रुकुमको घट्नालाई लिएर गरिएको आन्दोलनप्रति एक्यवद्धता जनाउंदैं उक्त घट्ना जोसुकैले घटाएको भएपनि कारवाही हुंनुपर्ने बताउंनुभयो ।
धर्ना कार्यक्रमपछि बोल्दैं “ओफेक “ का अध्यक्ष विश्वकर्माले “ जनयुद्धको आधार भुमिमा भएको जातिय नरसंहारले महान जनयुद्धको खिल्ली उडाएको भन्दै त्यसको मतियार जनार्दन शर्मा बनेको आरोप लगाउंनुभयो । दलित साझा मन्चका अध्यक्ष घेलेले सामाजिक संजालमा  नवीन बिकप्रति लेखिएको भ्रमपूर्ण खबरमा  नभुल्नआग्रह गरेका थिए । कालीगण्डकी गाउँकार्यपालिका सदस्य सोभाकर दर्जी ले रुकुम घटनाको दिनलाई कालो दिनको रुपमा चित्रण गर्नुभयो । गत जेष्ठ १० गते रुकुमको चौरजहारीमा भएको नरसंहारमा नवराज विक सहित छ जनाको हत्याभएको थियो भने १३ गते रुपन्देहीको दवदहमा १३ बर्षीय अंगिरा पासीको बलात्कारपछि हत्याभएको थियो ।

You might also like