क्रान्तिकारी पत्रकार महासंघको प्रथम राष्ट्रिय सम्मेलन बुटवलमा हुने

0

यस अघि फाल्गुनको अन्तिम साता सम्मेलन गर्ने तयारी भए पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली अभियानका कारण अधिवेशन स्थगित गरिएको थियो । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र रावतका अनुसार सम्मेलन पूर्व बाकी रहेका प्रदेश तथा जिल्लाका भेला सम्मेलन गर्दै हुने सो राष्ट्रिय सम्मेलनले नीति कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा प्रत्येक जिल्लाबाट ३÷३ जना प्रतिनिधि पर्यबेक्षक गरी देशभर र प्रवासबाट समेत गरी २ सय बढी पत्रकारहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । त्यस्तै वैठकले सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्नका लागि , विधान तथा प्रतिवेदन उपसमिति, आर्थिक संकलन उपसमिति र प्रचार तथा प्रकाशन उपसमितिहरु गठन गरेको जनाइएको छ । जस अन्तरगत अध्यक्ष इन्द्र राउतको संयोजकत्वमा नारायण पंगेनी, रामकुमार श्रेष्ठ, लोकराज जैसी, गोपाल जिसी र रनसुर महतरा सदस्य रहने गरी विधान तथा प्रतिवेदन उपसमिति बनेको गठन भएको महासंघले जनाएको छ । त्यस्तै सम्मेलनका लागि आवश्यक आर्थिक जुटाउनका लागि सचिव रामकुमार श्रेष्ठको संयोजकत्वमा ९ सदस्सीय आर्थिक समिति समेत गठन गरेको छ । सो आर्थिक समितिको सदस्यमा प्रदेश नम्बर ५ बाट रवि पाण्डेय र प्रदेश संयोजक दामोदर खनाल टेक मास्की राना सहित मधुकर थापा, शिवशंकर पाण्डे, रनशुर महतरा, गोपाल जिसी, धनञ्जय अवस्थी, राजेन्द्र सुवेदी सागर श्रेष्ठ सदस्य रहने गरी आर्थिक संकलन उपसमिति गठन भएको अध्यक्ष उपाध्यक्ष पंगेनीले बताउनुभयो । त्यसैगरी वैठकले सम्मेलनकै लागि कार्यालय सदस्य लोकराज जैसीको संयोजकत्वमा धनञ्जय अवस्थी, सागर श्रेष्ठ, शिवशंकर पाण्डे, विएन श्रेष्ठ र विष्णु आले सदस्य रहेको प्रचार तथा प्रकाशन गठन गरेको छ । प्रचार तथा प्रकाशन उपसमितिले क्रान्तिकारी पत्रकार महासंघको विगत इतिहासदेखि वर्तमानसम्मका अवस्थाका साथै विभिन्न आलेखहरु समेटेर स्मारिका प्रकाशन गर्ने छ । त्यसैगरी बैठकले प्रदेश भेला गर्न बाँकी रहेको प्रदेश ५ र ६ मा बैंशाख १५ सम्म भेला गरिसक्ने निर्णय समेत गरेको छ । यसैबीच प्रदेश ५ को भेला देजमोको राष्ट्रिय सम्मेलन पछि गर्ने योजना रहेको क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ का फ्याक्सन ईञ्चार्ज तथा महासंघका सल्लाहकार हिरामणी दुखीले जानकारी दिनुभयो । वैठक क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतको अध्यक्षता नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा महासंघका फ्याक्सन ईञ्चार्ज रामसिं श्रीसको प्रमुख आतिथ्यतामा भएको थियो ।

You might also like