पश्चिम नवलपरासीबाट १५० जनाको स्वाब पठाइयो बर्दघाटका २५ जनाको आरडीटी नेगेटिभ

0

नवलपरासी – पश्चिम नवलपरासीका ४ वटा पालिकाबाट १५० जनाको स्वाब पिसिआर परिक्षणका लागि पठाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालका अनुसार बर्दघाट नगरपालिकाबाट ३१ जना सुनवल नगरपालिकाबाट ३४ रामग्रामबाट ३६ प्र्रतापपुर गाउपालिकाबाट ४९ गरी १५० जनाको पिसिआर परिक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको हो ।
त्यस्तै बर्दघाट नगरपालिकामा २५ जनाको आरडिटी परिक्षणबाट नेगेटिभ आएको छ । स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीमा अनुसार २५ जनाको आरडिटी नेगेटिभ आएको हो । बर्दघाटको क्वारेन्टाइनका अहिले ११२ जना रहेको उहाँले जानकारी दिनुभयो ।

You might also like