मुर्माटपबाट देखिएको मनमोहक रारा ताल (फोटो फिचर)

0

मुगु : कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा यो समय घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। मुर्माटपसम्म पुगेर रारा ताल तथा रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले पनि यो मौसम रारा भ्रमणका लागि उपयुक्त समय मानिएको हो।

नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्रका रुपमा हेरिन्छ। अन्य प्रदेशका हिसाबमा कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले भरी पुर्ण तथा धनी छ।

यतिखेर देश, विदेशीको नजरमा रारा छ, तर कोराना भाईरस कोभिड १९ का कारण देश तथा विदेशका आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न सकेका छैनन्। तर कोरानाको कारण सुनसान रारामा बन्दाबन्दी खुलेसँगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल पनि केही बढ्दै गइरहेको छ।

कोरोनाका कारण ६ महिना सम्म सुनसान भएको रारामा पछिल्लो पटक रारा घुम्न आउने पर्यटकको चहलपहल देखिन्छ। रारा पुग्दैमा सबै मनोरम दृश्य देख्न पाइँदैन त्यसका लागी रारा ताल बाट १ घण्टा  उकालो चढी मुर्माटपमा जानु पर्दछ। राराको मनोरम दृश्यसँगै कान्जिरोवा हिमाल, सिस्ने सैपाल हिमाल लगायत कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका मनोरम दृश्य मज्जाले  नियाल्न पाइन्छ।

​राराले एक दिनमा निकै चोटी रङ्ग फेर्छ। कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो। मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया। अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ।

कोरानाको कहरकै बिच रारा घुम्न आएका राम उपाध्यायले पनि यस्तै अनुभव सुनाए। रारा पुगेर मात्र राराको सौन्दर्य थाहा नहुने रहेछ साच्चै स्वर्गको आनन्द लिन रारा रारा तालको दृश्यावलोकनका लागी मुर्माटप पुग्नै पर्ने र मुर्माटपमा पुगिसकेपछि चरम सुख स्वर्गीय आनन्द मिल्ने  उपाध्यायको भनाइ छ।

पर्यटकहरु रारा सम्मको लक्ष्य लिएर मात्र आउने गर्दछन्। रारा आई सकेका पर्यटकले एक पटक रारासँग रमाउन मुर्माटप जानै पर्ने र राराको चित्रण गर्न यहाँका नागरिकहरुको अनुरोध छ।

समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ। यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन्। यस्तै, यस क्षेत्रमा कस्तूरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ ।

मुर्माटप बाट देखिने रारा

Annapurna post

 

You might also like