‘बर्दघाट नगरमा आगामी बर्ष शतप्रतिशतलाई शुद्ध खानेपानी’

शुभकामना आदान प्रदान कार्यक्रम

0
बर्दघाट २४ कार्तिक – बर्दघाट नगरपालिकामा आगामी बर्ष शतप्रतिशतले शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन् । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सोमवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रमुख धीरज शर्मा बस्यालले ‘८० प्रतिशत नगरवासीले शुद्धपानी उपभोग गरेको’ बताउनुभयो । उहाँले ‘अब आगामी बर्षभित्र शत प्रतिशत पु¥याइने’ जानकारी दिनुभयो ।
No description available.
उहाँले त्यो कार्यका लागि नगरले खानेपानी योजना थप गर्दै लगेको बताउनुभयो । नगरले वडा वडामा खानेपानी योजना निर्माण गरिरहेको छ – उहाँले भन्नुभयो – ‘केही पहाडीक्षेत्रमा असहज होला । अरु सबैलाई शुद्ध खानेपानी प्रबन्ध हुनेछ ।’ कार्यक्रममा उपप्रमुख मायादेवी पौडेल वडाध्यक्ष एंव नगर प्रबक्ता रविन्द्र बिक्रम हमाल खानेपानी डिभिजनका जगन्नाथ गहतराज, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने बर्दघाट बजार विकास समितिका अध्यक्ष शोभकान्त कोइराला पारिजात सामुदायिक वन उपभोक्ता समूहमा उपाध्यक्ष आनन्द पुरी पत्रकार नारायण भण्डारी लगायतले बोल्नुभएको थियो ।
No description available.
कार्यक्रममा संस्थाका अध्यक्ष धातानन्द बस्याल उपाध्यक्ष तथा खानेपानी सुरक्षा टोली संयोजक दीपक लम्साल ,सचिव धनबहादुर गुरुग, ब्यवस्थापक बिष्णु कुमार भुसाललगायतले संस्थाको बारेमा मन्तब्य राख्नुभएको थियो ।
‘वडा ४ मा ९९ प्रतिशतले शुद्ध खानेपानी पिउछन्’
बर्दघाट ४ मा ९९ प्रतिशत वडावासीले शुद्धपानी उपभोग गर्दै आएका छन् । मुख्य बजारक्षेत्र रहेको यो वडामा ९९ प्रतिशत बढीेले स्वच्छ खानेपानी उपभोग गर्दै आएका हुन । यसक्षेत्रकै नमुना मानिने बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका ब्यवस्थापक बिष्णु कुमार भुसालले ‘ वडामा ३ हजार ६ सय ५ घरधुरीले स्वच्छ खानेपानी उपभोग’ गरेको बताउनुभयो । नयाँ बनेका २५÷३० घर मा खानेपानी धारा छैनन होला– उहाँले भन्नुभयो– अरु सबैमा धारा जडान भएको छ । खानेपानीले विपन्नलाई निशुल्क धारा र किस्ताबन्दीमा धारा जडानको कार्यक्रम समेत गरेको संस्थाका अध्यक्ष धातानन्द बस्याल बताउनुहुन्छ ।
No description available.
बर्दघाट ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले विपन्नताका कारण धारा जडान गर्न नसक्ने अवस्था वडामा नभएको दावी गर्नुभयो । विपन्नतामा कारण खानेपानी जोड्न नसक्ने अवस्था छैन होला–उहाँले भन्नुभयो ।
यस्ता छन् नयाँ योजना
बर्दघाट नगरपालिका ४ बाढीपिडितमा १३ करोड ५० लाख ५७ हजार लगायतको ओभरहेड टंकी बन्ने भएको छ । संघीय खानेपानी तथा सरसफाई बिभागको योजनामा बन्ने उक्त टंकीको निर्माणका लागि प्रक्रिया शुरु भएको संस्थाले जनाएको छ । ओभरहेड टंकी ३५ किमी पाइपलाइन संरचना सहितको यो योजना हो – ब्यवस्थापक भुसाल भन्नुहुन्छ – ‘३७ लाख २४ हजार ४५१ कर तथा भ्याट बाहेकको एउटा योजना सम्पन्न भएको छ ।’ बढ्दो जनघनत्वका कारण पानी उपभोग गर्ने संख्यालाई मध्यनगर गर्दै बर्दघाट बजारमा खानेपानी योजना बृद्धि गरिएको हो ।
No description available.
You might also like