साताको कार्टुन : बालेनको डालो भरियो
स्थानीय तहको निर्वाचन सकिएर यतिबेला काठमाडौं महानगरपालिकाको मतगणना चलिरहेको छ । प्रस्तुत कार्टुनमा स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरोको सहारामा धमाधम वृक्षबाट आँप (मत) टिपेर डालो भरिसकेका छन् । यता एमालेका उम्मेदवार केशव स्थापितलाई आँप टाउकोमा लागिसकेको छ तर डालो भरिन सकेको छैन। यस्तै काँग्रेस उम्मेदवार सिर्जना सिंहको हालत पनि उस्तै रहेको र आँप (मत) ले डालो भर्न नसकेको भन्दै मतगणनाको प्राप्त मतपरिणामलाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको छ । ratopati